कुल बजेटको २० प्रतिशत शिक्षामा लगाउँः प्रचण्ड 

२ महिना अघि

२0८१ माघ ७ सोमबार
कुल बजेटको २० प्रतिशत शिक्षामा लगाउँः प्रचण्ड 

गोरखा, माघ ७ 

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन्। गोर्खास्थित सरस्वती माध्यमिक विद्यालय आहालेको स्वर्ण जयन्ती उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 


आफू प्रधानमन्त्री हुँदा शिक्षाक्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको भन्दै उन भर्खरै सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारेको बताए । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गरे ।


कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उनल सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण रहेको आवश्यक्तारहेको औँल्याए । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्नेमा उनको जोड थियो । 


गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायत महत्वपूर्ण पूर्वाधार विकासको थालनी गरेको तथा गरिब किसानको पक्षमा ऋण मोचनजस्ता ऐतिहासिक र जनमैत्री काम गरेको उनले बताए । ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाएको पनि उनको भनाई थियो । 


सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदै गर्दा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको उनको भनाई थियो । ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारवाही गर्ने प्रक्रिया थाल्नुले आम जनतामा आशाको दियो बलेको थियो’ उनल भने  ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथि कारवाही हुँदा सुशासनको जग कायम मात्रै भएन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थालेको थियो ।’


राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उनले गोरखाको समग्र विकासका लागि सक्दो योगदान गर्ने प्रतिबद्धता पनि अध्यक्ष प्रचण्डले व्यक्त गरेका छन् ।