माओबादी दिप्रुङ चुईचुम्मा अध्यक्षमा किसान

२ महिना अघि

२0८१ पुष २९ सोमबार
माओबादी दिप्रुङ चुईचुम्मा अध्यक्षमा किसान

उदयपुर, पुस २९

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँ कमिटी अध्यक्षमा किसान राई (दोवालिछा) चयन भएका छन् । आईतबार सम्पन्न पार्टीको दोस्रो गाउँपालिका सम्मेलनले राईको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

 

पार्टीनिकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसियल) नेपाल खोटाङका संयोजकसमेत रहेका राई नेतृत्वमा गठित कमिटीको ३ उपाध्यक्षमा नारायण राई, कर्ण राया र विजय राई चयन भएाक छन् । सचिव अरुण राई, सहसचिवमा सुनिता राई र कोषाध्यक्ष प्रमिला विश्वकर्मा चयन भएको पार्टी निर्वाचन समितिले जनाएको छ । 

 

नवगठित पदाधिकारी तथा सदस्यहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर राई काङमाङले आईतबार साँझै पद तथा गोपणीयताको सपथ गराए । 

 

सम्मेलनको उद्घाटन शत्रमा नेपाली अर्थ राजनीतिक विश्लेषक तथा संविधानसभा सदस्य हरि रोका, पार्टी केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभाका सदस्य रामकुमार राई (पासाङ), केन्द्रीय सदस्य तथा खोटाङ इन्चार्ज ध्रुव बुढाथोकी (धिरेन), प्रदेश कमिटी उपाध्यक्ष देवान किराती (पृथ्वी), जिल्ला संयोजक दीपक पाण्डे (आकाश)को उपस्थिति थियो । त्यसैग्री प्रदेश सदस्यहरु होमकाजी आचार्य (विनोद), टंक थापा, कल्पना राई (सोनिया), गत ०७९ को स्थानीयतह निर्वाचनमा पार्टीबाट पराजित अध्यक्षका प्रत्यासी गोपालचन्द्र राई पनि उपस्थित  थिए । 

 

२ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीयत रहेको जिल्लाका सबै पालिकामा सम्मेलन गर्ने क्रममा माओवादी केन्द्र अहिले जुटिरहेको छ । यसअघि ऐसेलुखर्क गाउँ कमिटीको सम्मेलन सम्पन्न भईसकेको छ । सम्मेलनले गेशकुमार राईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन गरेको पार्टी इनचार्ज बुढाथोकीले बताएका छन् ।