२ महिना अघि
२0८१ पुष २८ आईतवारजाँते, पुस २८
नेकपा (माओबादी केन्द्र) लिमचुङबुङको अध्यक्षमा पूर्णप्रसाद कोईराला चयन भएका छन् । शनिवार सम्पन्न दोस्रो वडा सम्मेलनले कोईराला नेतृत्वमा २७ सदस्यीय वडा कमिटी चयन गरेको हो ।
कमिटीको दुई उपाध्यक्षमा राजन कार्की ढोली र बिमला नगरकोटी राई छानिदा सचिवमा मणिराज राई चयन भएका छन् । त्यसैगरी सहसचिवमा शेरबहालुर बुढाथोकी र डम्बरकुमारी विक चयन हुँदा कोषाध्यक्ष ईन्द्रबहादुर विक छानिएका छन् ।
सदस्यमा गङ्गबहादुर कार्की, मेतरमान कार्की, डिल्लीमान विक, बिमला विक, गङ्गबहादुर तामाङ, माईकल राई, गोपाल कार्की, बुद्धिमान विक, सन्तोष कार्की डम्बरकुमारी विक चयन भएका छन् ।
त्यसैगरी सृजना थापा, सुजन बुढाथोकी, राजन कार्कीढोली, धनबहादुर राई, जितबहादुर तामाङ, रमेश तामाङ, शान्ता विक, नवीन विक, सरोज तामाङ, अञ्जुला राई, विष्णुनारायण श्रेष्ठ, महेश राई र सुबास राई पनि सदस्यमा चयन भएका छन् ।
लिमचुङबुङ गाउँ पार्टी ईञ्चार्ज झनक विकको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा काँग्रेस, एमाले र जसपाका दर्जन नेता कारयकर्ता माओबादीमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई ईञ्चार्ज विक, प्रेस सेन्टर ईञ्चार्ज महेश्वर चामलिङ, गाउँ पार्टी उपाध्यक्ष दिनेश राई, सचिव मनोज बुढाथोकी र त्रियुगा जनता क्याम्पस मोतिगडा स्ववियु अध्यक्ष सरोज कार्कीले स्वागत गरेका थिए ।