३ महिना अघि
२0८१ पुष १७ बुधबारउदयपुर, पुस १७
नयाँ प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक (डिआईजी) राजन अधिकारीले बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गरे ।
निरीक्षणको क्रममा उनले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, व्यारेकलगायत हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरभित्र बिरुवा समेत रोपे । निरीक्षण पश्चात डिआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहत युनिट प्रमुखहरुसहित कार्यरत प्रहरी अधिकृत तथा कर्मचारीहरुलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।
निर्देशनको क्रममा उनले सुरक्षा नै समाजको मेरूदण्ड भएको र प्रहरी सुरक्षाको मेरुदण्ड भएकाले मुटु अनवरत धड्के जस्तै प्रहरीले आआफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट निरन्तर कार्य सम्पादनमा लागिरहनु पर्ने बताए । दायित्व बहनको क्रममा आईपर्ने जुनसुकै चुनौतीहरूलाई सामना गरी प्रहरीले एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवकको परिचय बनाउन निर्देशन दिए ।
सेवाग्राहीको हितलाई ध्यान दएर नागरिकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सभ्य र पीडितमैत्री वातावरणमा सेवा प्रदान गर्न जोड दिए । डिआईजी अधिकारीले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आआफनो जिम्मेवारी तोकिएको इलाकामा परिचालन गरी समाजमा शान्ति सुरक्षा कायम राख्न उनको निर्देशन थियो ।
उनले आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भूमिका निर्वाह गर्न तथा सवारी दुर्घटना, साईबर अपराध, लागूऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा परिचालन हुन पनि निर्देशन दिएका छन् ।
निरीक्षण क्रममा जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले डिआईजी अधिकारीलाई जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्ययोजना, सुरक्षा चुनौतीहरुको ब्रिफिङ गर्दै प्रदेश प्रहरी कार्यालयसँगको गरेको अपेक्षाबारे कुरा राखेका गिए ।