एकीकृत समाजबादी २ नं. अध्यक्षमा हृदय 

३ महिना अघि

२0८१ पुष १४ आईतवार
एकीकृत समाजबादी २ नं. अध्यक्षमा हृदय 

कटारी, पुस १४

नेकपा (एकिकृत समाजवादी) निर्वाचनक्षेत्र २ को अध्यक्षमा हृदय तामाङ छानिएका छन् । शनिबार कटारीमा सम्पन्न निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेलाले तामाङलाई अध्यक्षमा छानेको हो । 


सहसंयोजक मानबहादुर केप्छाकी मगरलाई छानेको भेलो २१ सदस्यीय समिति गठन गरेको जनाइएको छ । भेलाले संयोजक र सहसंयोजक मात्र छानेको भेलाले सचिवलगायत अन्य पदाधिकारी चयन गर्ने काम भने बाँकी रहेको छ । 


पार्टीका वरिष्ठ नेता घलेन्द्र बस्नेतको प्रमुख आतिथ्य र उपाध्यक्ष जगन्नाथ खतिवडा तथा सचिव बलदेव चौधरीको उपस्थितिमा भेला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेता बस्नेतले सबैखाले विभेदबाट मुक्ति पाउने बाटो समाजवाद मात्र भएको भन्दै त्यसका लागि नेकपा एकीकृत समाजबादी पार्टीको स्थापना भएको बताए । 


नेपालमा सदियौँदेखि जातीय, भाषिक, क्षेत्रीय र बर्गाीय विभेदहरु कायम रहेको भन्दै वरिष्ट नेता बस्नेतले ती सबै विभेदको अन्त्य समाजवादबाट मात्र संभव हुने बताए ।


त्यसैग्री उपाध्यक्ष खतिवडाले २ नं. निर्वाचनक्षेत्रमा गत निर्वाचनमा काँग्रेस र माओवादीले धोका दिएको आरोप लगाउँदै त्यसको बदला लिएरै छोड्ने बताए । ०७९ को निर्वाचनमा गठबन्धन दलहरुले नराम्ररी धोका दिएको भन्दै खतिवडाले त्यसको बद्ला सकेसम्म विजयी भएर लिने र नसके उनीहरुलाई हराएरै छाड्ने प्रतिबद्धता जनाए । 


पार्टी जिल्ला ईन्चार्ज राममणि पोखरेलका अनुसार पार्टी संगठन निर्माणको क्रममा गरिने नियमित भेला अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजबादीले निर्वाचनक्षेत्रस्तरीय भेला, बैठक र छलफल गरिरहेको उनले बताए ।