३ महिना अघि
२0८१ पुष १३ शनिबारकन्चनपुर, पुस १३
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् । शनिबार कन्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभा’ बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
सरकारले गरेका भ्रष्टाचारका हरेक काण्ड खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने बताए । ‘भ्रष्टाचारको पक्षपाती अहिलेको सरकारले यति धेरै भ्रष्टाचार गरेको छ कि त्यस्ता भ्रष्टाचारीलाई यसै छोडिने छैन।’ गिरिबन्धु, यति, ओन्नीमा, नक्कली भुटानी सरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिददेखि सबैमा गरेको भ्रष्टाचारीलाई यसै छोडिने छैन।’
यस्तो काम गर्नका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी रहेको भनदै अर्को पटकको चुनावमा माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुने विश्वा दिलाए । त्यसपछि भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गर्ने उद्घोष पनि अध्यक्ष प्रचण्डले गरे ।
आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरु मिटरब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि
भयभित र आतंङ्कित भएर सरकार ढाल्ल लागि परेको बताए।
ु
बर्तमान सरकार सुशासनका विरुद्ध र भ्रष्टाचारको पक्षमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले सरकारको गलत कदम र आफु नेतृत्वले अघिल्लो सरकारले गरेका कामका कारण देशभर अहिले माओवादी केन्द्रमा एकताबद्ध हुने लहर चलेको बताए ।
पुनर्वासका एमाले, कांग्रेसलगायत क्रियाशिल नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गर्दै प्रचण्डले देशैभर माओवादीमा एकताबद्ध हुने लहर चलेको बताउँदै उनले सोमबार झापा गएर प्रधानमन्त्री केपी ओलीको निर्वाचनक्षेत्रका हजारौं एमाले नेता कार्यकर्ता प्रवेश गराउने तयारी भईरहेको बताए ।
प्रचण्डले सुदूरपश्चिमको विकासमा आफु दत्तचित भएर लागेको बताउँदै भारत भ्रमणका बेला सीमा विबाद समस्या समाधान गर्न कञ्चनपुरका विभिन्न भागका सीमा समस्यादेखि लिपुलेक कालापानीसम्म खुलेर भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको स्मरण गराए । उनले सुदूरपश्चिममा विश्वविद्यालय स्थापनाको प्रस्ताव गरेको, मध्ये पहाडी र हुलाकी लोकमार्गको प्रस्ताव गरेर कार्यान्वयन गरेको, कैलाली भजनीमा ४ सय किलोवाटको अन्तर देशीय प्रसारण लाइनको काम अगाडि बढाएको, कृषि तथा स्थानीय स्रोतमा आधारित उद्योग स्थापनाका लागि नीति निर्माण र विद्युतको क्षेत्रमा सेती परियोजना अगाडि बढाएको, बताए ।
उनले सुदूरपश्चिमका युवाहरुमा क्रिकेटको राम्रो क्रेज देखेर रंगशाला निर्माणमा पहल गरेको कुरा पनि उनले स्मरण गराउँदै पञ्चेश्वर परियोजना टुङ्गोमा पुर्याउने कोशिस गर्दै गर्दा सरकार ढालिएको प्रचण्डको भनाई थियो । उनले चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने बताउदै हुम्लाको सीमानामा चीनले अनुदानमा बाटो बनाउने सहमति भर्इसकेर काम अगाडि बढिरहेको जानकारी पनि दिए ।