३ महिना अघि
२0८१ पुष ५ शुक्रबारगाईघाट, पुस ५
तीनदिनयता गाईघाटमा चलिरहेको खाना महोत्सवमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । झिगु नेवाः पुचः उदयपुरको आयोजनामा मुख्य चोकमा आयोजित् ‘तेस्रो खाना परिकार मेला तथा प्रदेशस्तरीय प्रतियोगितात्मक लाखेनाच महोत्सव ०८१’मा एकपछि अर्को दिन सहभागीहरु बढ्दै गएको पाइएको छ ।
२ गतेदेखि सुरु मेलामा दैनिक ५ हजारसम्म उपभोक्ता सहभागी हुने गरेको आयोजक पुचःका अध्यक्ष ज्ञानबहादुर श्रष्ेठले बताए । उनका अनुसार महोत्सवमा विभिन्न जातजाति तथा समुदायको परम्परागत तथा साँस्कारिक खानाका परिकारहरूको बिक्री तथा प्रदर्शनी भईरहेको छ ।
मेलामा किराती राई, नेवार, दनुवार, थारु, मगर, तामाङ र नेपाली खानाका परिकारहरु विक्री तथा प्रदर्शनीका लागि राखिएका छन् । मेलाको नाम नै खाना महोत्सव भएकाले खानाका परिकारहरुलाई नै प्राथमिक्ता दिइएको छ । लोपोन्मुख स्थानीय र रैथाने परम्परागत खानाका परिकारको संरक्षण र संबद्र्धन गर्नकै लागि यो महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
मेलामा राई समुदायको लोकल कुखुराको भित्राँश र भुत्ला डढाएर चामलमा पकाइएको तितो ब्रियानी (वाचिपा), कोदोको जाँड, रक्सी, नेवारको योमरी, च्युरा (बजी), ऐला (रक्सी), दनुवारको अण्डी (लोपोन्मुख धानबाट बनेको जाँड), थारु समुदायको घुँगी (खाने शङ्खे किरा)को तरकारी, मगरको सेल रोटी, तामाङको तुङ्वा, अण्डालगायत लोपोन्मुख तथा स्वादिला परिकारका स्टलहरु सहभागीले भरिभराउ भईरहेको छ ।
मेलाको अर्को आकर्षण भनेको हरेक दिन विविध साँस्कृतिक कार्यक्रम हो । त्यसका लािग पिपलचोकमा मञ्च बनाएर गीत तथा नृत्य प्रतियोगिता तथा अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पस्किने काम भईरहेको छ । खस आर्य समुदायका लागि शङ्ख फुक्ने प्रतियोगिता उद्घाटनको दोस्रो दिन सम्पन्न भयो । तेस्रो दिन किराती राईको साकेला नृत्यमा स्पर्धा भएको छ ।
त्यसैग्री मगरको हुर्रा, तामाङको डम्फु, नेवारको लाखे, दनुवारको रामदल, थारुको जितीया नृत्य प्रतियोगिताहरु पनि फरकफरक तर, प्रत्येक दिन आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताहरु प्रथम, दोस्रो र तेस्रोसम्मलाई नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
विहीबार थारु साँस्कृतिक प्रतियोगिता सम्पन्न भएको छ भने शुक्रबार नेवाः छमछमी नृत्य प्रतियोेगिता प्रथम चरण स्पर्धा हुनेछ । त्यसैगरी ६ गते लाखेनाच प्रतियोगिता र ७ गते आईतबार छमछमी दोस्रो चरणमा स्पर्धा गराइनेछ । गोपाल श्रेष्ठका अनुसार महोत्सवको अन्तिम दिन ८ गते छमछमी प्रतियोगिताको फाइनल प्रतिस्प्र्धा गराइने छ ।
महोत्सवको आयोजना सँस्कार सँस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले गरिएको हो । यस्तो महोत्सव पुचःले ३ वर्षदेखि आयोजना गर्दै आएको छ । खाना मेला भएकाले गाईघाट मुख्य चोकदेखि लोकतान्त्रिक (पिपल) चोकसम्मको सडक दायाँबायाँ स्टलहरु राखिएको छ ।
महोत्सवको मुख्य प्रायोजन गोर्खा ब्रुअरीले गरेको हो । त्रियुगा नगरपालिका र ११ नं. वडा कार्यालय सहप्रायोजक छन् । महोत्सवमा आयोजित प्रतियोगितामा विजेताहरुलाई त्रियुगा नगरप्रमुख बसन्त बस्नेत, कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, त्रियुगा उपप्रमुख महेश्वरी राई र कटारी उपप्रमुख गीता खड्काको तर्फबाट प्रदान गर्ने आयोजकले जनाएको छ ।