१ दिन अघि
२0८१ मंसिर ६ बिहीबारगाईघाट, मङ्सिर ६
उदयपुरमा आउदो पुस पहिलो साता ‘खाना महोत्सव तथा लाखेनाच प्रतियोगिता (मेला)’को आयोजना हुँदैछ । झिगु नेवाः पुःच उदयपुरले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘तेश्रो खाना परिकार मेला तथा प्रदेशस्तरीय प्रतियोगितात्मक लाखेनाच महोत्सव ०८१’ आयोजनाबारे जानकारी गराएको हो ।
पुचःका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले आउँदो पुस १ देखि ८ गतेसम्म साताव्यापी महोत्सव तथा लाखेनाच प्रतियोगिता गाईघाटमा आयोजना गर्न लागेको बताए । मेलामा जिल्लाका विभिन्न जातजातिका मौलिक स्थानीय खानाका परिकार प्रर्दशन गर्नुका साथै विक्री वितरण गरिने उनले बताए । मेलाको अवसरमै विगत जस्तै नेवार समुदायको प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता पनि आयोजना गरिने प अध्यक्ष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले खाना महोत्सव मेलाले निम्न आयस्तर भएकाहरुलाई आत्मनिर्भर बनाउनुका साथै होमस्टे सञ्चालन गर्न पनि मद्धत पुग्ने बताए । मेलामा मौलिक र अग्र्यानिक खानाका परिकारहरु मकैको च्याख्ला, कोदाको ढिँडो, सिस्नो, गुन्द्रुक, भुटेको मकै, खिर, सेल रोटी, फापरको रोटीजस्ता स्थानीय परिकारको स्टल राखिने भएको छ । त्यसैगरी किराती समुदायको भालेको भुत्ला र भित्र्यांशबाट बनाइने परिकार वाचिप्पा (तिते), वाडिमा (अण्डा), नेवार सुमदायको युमरी, दनुवार समुदायको अण्डी, थारुको घँुगीजस्ता परिकारहरु मेलाका प्रमुख आकर्षण्का रुपमा रहने आयोजकले जनाएको छ ।
मेलाले वाह्य तथा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न तथा लोप हुदै गएका सँस्कार, सँसकृति र स्थानीय खानाका परिकारहरुको संरक्षणमा मद्धत पु¥याउने आयोजकको ठहर छ । विगत ३ वर्षयता गाईघाटमा खाना महोत्सव आयोजना गरिदै आएको बताउँदै अध्यक्ष श्रेष्ठले कार्यक्रमको आकर्षण बढ्दै गएको अनुभव श्रेष्ठले सुनाए ।
‘हामीले विगत ३ वर्षयता खाना महोत्सव तथा लानेनाच प्रतियोगिता गर्दै आएका छौँ’ उनले भने ‘सुरुआतदेखि मेला सफल हुदै आएको छ । सँगसँगै यसले लोपोन्मुख खानाका परिकार तथा मौलिक सँस्कार सँस्कृतिको संरक्षण गर्ने काममा योगदान गर्ने गरेको अनुभव गरेका छौँ ।’
पुचःका सचिव गोपाल श्रेष्ठले खानाका परिकारसँगै आन्तरिक पर्यटन प्रर्वद्धनमा पनि यसले थप टेवा दिने र स्थानीय बजारको अर्थतन्त्र चलायमान बनाउने निश्कर्ष निस्केको बताए । सानो पँुजी तथा आर्थिकस्थिति कमजोर भएका व्यापारी व्यवसायीलाई पनि यसले प्रोत्साहन गर्नेे सचिव श्रेष्ठले बताए ।
मेलामा करिव ५० हजारभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको उनी बताउँछन् । विगतका मेलामा पनि ५० हजार हाराहारीको सहभागिता रहेको जानकारी गराउँदै सचिव श्रेष्ठले यसवर्ष त्यो भन्दा बढी नै सहभागी गराउने प्रयास आयोजकको रहेको बताए । खानाका परिकारसँगै विभिन्न जातजाति र समुदायको भेषभुषा, नृत्य तथा झाँकीहरु प्रस्तुत गरिनेछ ।
त्यसैगरी वडास्तरीय भजन किर्तन प्रतियोगिता, शङ्ख फुक्ने, थारुको पारस्पारिक नृत्य, राई समुदायको साकेला सिली, प्रदेशभरीका नेवार समुदायको लाखेनाँचमा प्रतिस्पर्धा गराउने कार्यक्रम रहेको श्रेष्ठले बताए । महोत्सवकै अवसरमा ‘छमछमी सिजन–४’ प्रतियोगिता पनि आयोजना गरिने छ ।
मेलालाई सामुहिक प्रतिवद्धता र सहकार्यको थालनी गर्ने, लोक सँस्कृतिको जगेर्ना गर्दै होमस्टेको अवधारणा अनुसार अघि बढ्न सहयोग गर्ने उदेश्य रहेको आयोजकको दावी छ । जिल्लाभरी छरिएर रहेका जातजाति र समुदायको पहिचान, कला, भेषभुषा, रहनसहन, धार्मिक तथा साँस्कृतिक परम्पराको जगेर्ना, विकास र प्रबद्र्धन गर्न मेलाले योगदान गर्ने आँकलन आयोजकले गरेको छ । महोत्सवको आमदानी खर्च गरेर बँचेको रकमले साँस्कृतिक सङ्ग्रहालय र स्वास्थ्य शिविर सञ्चालनमा खर्च गरिने पनि सचिब श्रेष्ठले बताए ।
लाखेनाच विजेतालाई नगद १ लाख पुरस्कार
लाखेनाच प्रतियोगितामा विजयी हुने क्रमशः प्रथम, दोास्रो र तेस्रोलाई पुचःले नगद १ लाख, ७५ हजार र ५१ हजार पुरस्कार दिने भएको छ । पुचःका उपाध्यक्ष विजय तुलाधरले प्रदेशभरको सबभन्दा ठूलो र भव्य लाखेनाच विजेताहरुलाई व्यक्तिगत प्रायोजनमा नगद पुरस्कार प्रदान गरिने बताए ।
प्रथम हुने टोलीलाई १ लाख नगद र प्रमाणपत्र, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५१ हजार नगद पुरस्कार व्यक्तिगत प्रायोजनमा वितरण गरिनेछ । प्रदेशका १४ वटा जिल्लामध्ये उदयपुरमा सबैभन्दा ठूलो धनराशी लगानीमा आयोजना हुने खाना महोत्सवसँगै प्रदेशस्तरीय लाखेनाच प्रतियोगितालाई आकर्षक बनाउन धनराशीसहितको पुरसकार व्यवस्था गरिएको तुलाधरले बताए ।
लाखेनाच प्रतियोगिता विजेता प्रथमलाई दिइने नगद १ लाख पुरस्कारको प्रायोजन त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले गर्ने तय भएको छ । त्यसैगरी उपविजेतालाई दिइने ७५ ह जार कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले प्रायोजन गर्नेछन् भने तेस्रोलाई त्रियुगा नगर उपप्रमुख महेश्वरी राईको प्रायोजनमा ५१ हजार पुरस्कारको टुङ्गो लागेको पुचःले जनाएको छ ।