वडाध्यक्ष उपनिर्वाचनः दुई वडामा १५ जनाको उम्मेदवारी  

५ दिन अघि

२0८१ मंसिर २ आईतवार
वडाध्यक्ष उपनिर्वाचनः दुई वडामा १५ जनाको उम्मेदवारी  

उदयपुर, मङ्सिर २

मङ्सिर १६ गते हुन गईरहेको उदयपुरकारिक्त २ वडाध्यक्ष पदको निर्वाचनका लागि १५ जनाको उम्मेदवारी परेको छ । दिउँसो ४ः०० बजेसम्म त्रियुगा १२ मा ९ जना र बेलका ९ को ६ जनाको उम्मेदवार दर्ता भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।


त्रियुगा १२ मा प्रमुख दलहरु नेपाली काँग्रेसबाट सञ्जिव काफ्ले, नेकपा (एमाले)बाट लक्ष्मीनारायण चौधरी र नेकपा (माओबादी केन्द्र)बाट नवीनकुमार राईको उम्मेदवारी परेको छ । 


त्यसैगरी नेकपा (एकीकृत समाजबादी)की निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुब पोखरेल, नागरिक उन्मुक्ति पार्टीकी चन्द्रकला चौधरी र जनमत पार्टीका प्रमोद सहनीले उम्मेदवारी दिएका छन् । 


स्वतन्त्र उम्मेदवारको रुपमा बजगङ्ग कुमार दासले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी दिलिप थापामगरले बताए । 


उता बेलका ९ मा ६ जनाको उम्मेदवारी परेको छ । त्यहाँ काँग्रेस, एमाले र माओबादी केन्द्रबाट मनोनयन दर्ता गर्नेहरुमा क्रमशः नवराज बस्नेत, मोहन खड्का र भरत घिमिरे छन् । 

 

जनता समाजबादी पार्टीका राजकुमार राई, रास्वपाका तेजमान विश्वकमाई, राप्रपा टीकाप्रसाद फुयाल र नेश्नल मङ्गोल अर्गनाईजेसनका सूर्य तामाङले उम्मेदवारी दिएको निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले बताए । 


उम्मेदवारी दर्ता गर्नका लागि राजनीतिक दलहरुले बाजागाजा र झाँकीसहितको ¥याली निकालेका थिए । मनोनयनपत्र दर्ता गरेपछि दलहरुले स्थानीय शनि मन्दिर चोकमा पालैपालो कोणसभा गरी मतादाता रिझाउने प्रयास गरेका थिए ।