२ दिन अघि
२0८१ कार्तिक २७ मंगलवारबेल्टार, कात्तिक २७
किरात राई यायोक्खा बेलटारले सवारी दुर्घटनामा ज्यान गुमाएका स्व. तिलक राईको परिवारलाई जस्तापाता सहयोग गरेको छ । कात्तिक १६ गते मोटरसाईकल दुर्घटनामा परी निधन भएका राईको परिवारलाई यायोक्खा चौदण्डीगढी नगर समितिले घर छाउने जस्तापाता सहयोग गरेको हो ।
यायोक्खा अध्यक्ष शसीभुषण राई नेतृत्वमा गरिएको सहयोग संकलनबाट ४ बण्डल घर छाउने जस्तापाता उपलब्ध गराइएको हो । उक्त जस्कतापाता राईकी धर्मपत्नी रञ्जना राई र भाई दिपक राईलाई मङ्गलबार हस्तान्तरण गरियो ।
चौनपा ३ का समाजसेवी इशान राईले १ बण्डल जस्तापाता व्यक्तिगत सहयोग गरेका हुन् भने ३ बण्डल संकलित रकमबाट खरिद गरेर दिइएको अध्यक्ष राईले बताएका छन् ।
समाजसेवामा कृयासिल राईको घर बनाईरहेकै बेला बाईक दुर्घट्नामा परी निधन भएको थियो । उनको निधनले अधुरो घर छाउन यायोक्खाले जस्तापता सहयोग गरेको अध्यक्ष राईले बताए ।
जस्तापाता उपलब्ध गराएपछि छानो छाउने काम पनि गरिदिने योजना यायोक्खाले बनाएको छ । ‘जस्ता त जसोतसो व्यवस्थापन गरियो' अध्यक्ष राईले भने 'छाउने मान्छे कोही छैनन्, त्यसैले छाइदिने काम पजि हामी नै गछौँ ।'
छानो छाउन बुधबार विहान मिस्त्रीसहितको टोली खटाउने तयारी यायोक्खाले गरेको छ । त्यसका लागि सामाजिक व्यक्तित्वहरुलाई एक दिन श्रमदान गरिदिन आह्वान गरेको उनले बताए ।
यायोक्खा नगर सहसचिव स्व. राई स्थानीय सागुरी गाउँवेसी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष तथा अन्य विभिन्न सामाजिक सङ्घ सँस्थामा कृयासिल थिए ।
राईको चौनपा ६ सातधारेस्थित कोबिड अस्पताल गेटको घुम्तीमा पूर्वतर्फ गईरहेको मालबाहक ट्कले ठक्कर दिदा घट्नास्थलमै निधन भएको थियो ।