यायोक्खाले मुकुमलुङमा केवल कार बनाउन नदिने

४ दिन अघि

२0८१ कार्तिक २५ आईतवार
यायोक्खाले मुकुमलुङमा केवल कार बनाउन नदिने

उदयपुर, कात्तिक २५

स्थानीय समुदायको विरोधका बाबजुद पनि ताप्लेजुङको मुकुमलुङ (पाथीभरा)मा जबरजस्ती केवल कार बनाउन खोजेपछि  किरात राई यायोक्खाले अबज्ञा आन्दोलन थालेको छ । 


पूर्वी नेपालको प्रसिद्ध बहुधार्मकस्थल तथा पर्यटकीय क्षेत्र मुकुमलुङलाई प्राकृतिक रुपमै रहन दिनुपर्ने स्थानीयको गाग दबाउन खोजेपछि यायोक्र्खा बिरोध गर्न बाध्य भएको हो ।


केवल कार बनाउने सरकारी तयारीविरुद्ध लामो समयदेखि स्न्थानीयले आन्दोलन गर्दै आएका छन् । नेपाल उद्योग बाणिज्य महासङ्का अध्यक्षसमेत रहेका व्यवसायी चन्द्र  ढकालको कम्पनीले भने जवरजस्ती केवलकार लगाउने असफल प्रयास गरिरहेको छ । आन्दोलनरत पक्षले राज्य शक्तिको दुरपयोग गर्दै जवरजस्ती गर्न खोजे आन्दोलन अझ कडा पार्दै लाने चेतावनी दिदै आएको छ । 


कार्तिक २३ गते प्रहरीको ठूलो उपस्थितिमा केवलकार शिलन्यास गर्न खोजेपछि दोहोरो झडप भएको थियो । झडपमा कुखुरी हानाहान हुँदा दुवैपक्ष घाइते भएका छन् । 


सो घट्नाको विरोधमा यायोक्खा झापाले आइतबार विर्तामोडमा नारा जुलुससहित विरोध प्रदर्शन गरेको हो ।यसबारे थप सशक्त सङ्घर्ष आगामी मंसिर २ गते विराटनगर प्रदर्शन बारेतयारी बैठक पनि  यायोक्खा झापाले सम्पन्न गरेको जनाएको छ। 


बैठकमा यायोक्खा संघीय उपाध्यक्ष तिलकप्रसाद राई, महासचिव भीम राई, उपमहासचिव अर्जुन जम्नेली राई, सचिव नगेशचन्द्र राई लगायतको उपस्थिति रहेको थियो । बैठकमा विराटनगर प्रदर्शनमा यायोक्खाको तर्फबाट व्यापक उपस्थितिहुने निर्णय भएको जिल्ला अध्यक्ष गणेश राईले बताए । 


बैठकपछि सहभागीहरुले मुकुमलुङमा केबलकार—बन्द गर, मुकुमलुङलाई प्रकृतिक रुपमै—रहने, राज्य आतंक—बन्दगर, जनताको आन्दोलन—जारी छ, दलाल चन्द्र ढकाल—होसियार लगायतको नारा लगाउदै विरोध प्रदर्शन गरेका थिए । 


यायोक्खाले मुकुमलुङमा भइरहेको आन्दोलनको पक्षमा विरोध प्रदर्शन गर्न जिल्लाहरुलाई समेत निर्देशन दिएको महासचिव भीम राईले बताए । 


विराटनगर प्रदर्शनमा राजेन्द्र महत्व, आहुति, रेशम चौधरी आउने निश्चित भएको बताइएको छ ।