उपनिर्वाचन: ठुला दलले उम्मेद्वार टुङ्ग्याए

४ दिन अघि

२0८१ कार्तिक २५ आईतवार
उपनिर्वाचन: ठुला दलले उम्मेद्वार टुङ्ग्याए

उदयपुर, कात्तिक २५

आसन्न उपनिर्वाचनका लागि उदयपुरमा रिक्त २ वडाध्यक्षको उम्मेद्वार प्रमुख दलहरुले टुङ्ग्याएका छन् । आगामी मङ्सिर १६ गते हुन गईरहेको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को रिक्त वडाध्यक्ष पदका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र)ले उम्मेदवारको छिाोफानो गरेका हुन् ।


त्रियुगा १२ मा काँग्रेसबाट सन्जिव काफ्ले उम्मेदवनर बनेका छन् भने एमालेले लक्ष्मीनारायण चौधरीलाई उठाएको छ ।  माओबादीले नवीनकुमार राईलाई वडाध्यक्ष उठाउने निर्णय यसअघि नै गरिसकेको छ । 


उता बेलका ९ मा काँग्रेसको तर्फबाट नवीन बस्नेत उठ्ने चएका छन् भने एमालेले मनोज खड्कालाई उठाउने टुङ्गो लगाएको छ । त्यहा पनि माओबादीले यसअघि नै भरत घिमिरेलाई टिकट दिने  निर्णय गरिसकेको छ ।


काँग्रेसको विधान अनुसार वडाको टिकट वितरणको अधिकार पाएको प्रतिनिधिसभा निर्वाचन क्षत्रीय सभापति खगेन्द्र राईले आमाँक्षी धेरै भएकाले पटकपटकको छलफलपछि दुवै वडामा नाम ङ्ग्याइएको बताए ।


 एमाले जिल्ला अध्यक्ष भागवत राउतले पनि सिफारिस भएर आएका नामहरुमध्ये राम्रालाई उठाउने निर्णय गरेको बताए । माओबादीमा भने ईच्छुकहरु धेरै भए पनि अगाडिदेखि नै छलफल भईरहेकाले सर्वसम्मत नाम टुङ्ग्याउन समस्या नभएको जिल्ला समन्वय कमिटी संयोजक विनोद कटुवाल (दिवश)ले बताए ।


०७९ को चुनावमा काँग्रेसबाट विजयी वडाध्यक्ष  चुडाराज काफ्लेको सोही वर्ष फागुन शिवरात्रिको साँझ मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो । अहिले टिकट पाउने सन्जिव उनकै छोरा हुन् । त्रियुगा १२ मा ३ हजार ६ सय ४० मतदाता छन् ।


त्यसैगरी बेलका ९ का वडाध्यक्ष पदमबहादुर खड्का पनि काँग्रेसबाटै चुनाव जितेका हुन् । उनको पनि मोटरसाईकल दुर्घटनामै परेर गत जेठमा निधन भएको हो । च्यहाँ भने उनका सहोदर भाइ मनोजलाई एमालेले टिकट दिएको छ । 


खड्का परिवारका ५ दाजुभाइमध्ये माईला पदम काँग्रेसमा थिए । जेठा साईला र काईला एमालेमा रहेका छन् भने कान्छा रास्वपामा आबद्ध रहेको स्थानीयले बताएका छन् । एमालेबाट वडाध्यक्ष टिकट पाउने साईला भाइ रहेको बताइएको छ ।


नेकपा (एकीकृत समाजबादी), जनता समाजबादी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेद्वार टुङ्गो लगाउने च,णमा रहेको जनाएका छन् ।