३ हप्ता अघि
२0८१ कार्तिक १७ शनिबारउदयपुर, कात्तिक १७
सबैतिर तिहारको रमझम चलिरहँदा उदयपुरगढी गाउँपालिका ७ आहालटार भने शोकमा डुबेको छ । आहालटारका खड्बहादुर मिरिङचिङ मगरलाई बलान खोलाले खाएपछि पुरै गाउँ शोकमग्न हुन पुगेको हो ।
अघिल्लो दिउँसो नुहाउने क्रममा बलान खोलामा डुबेर ५३ वर्षीय मगरको ज्यान गएको प्रहरीले जनाएको छ । दिउँसो अन्दाजी ३ः०० बजेजस्तो समयमा मगरको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निरीक्षक सन्तोष कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मृतकको शव खोलाबाट निकालेर पोष्टमार्टमका लागि गाईघाटस्थित जिल्ला अस्पताल ल्याएको छ । शवको पोष्टमार्टम गर्ने तयारी भईरहेको छ । पोष्टमार्टमपछि आफन्तको जिम्मा दिइनेछ । घट्नाबारे अनुसन्धान भईरहेको इन्सपेक्टर कार्कीले बताएका छन् ।
वडाध्यक्ष भुवन केप्छाकी मगरले खड्गको दुःखद घट्नाले पुरै तिहारको रमझममा रहेको गाउँ स्तब्ध भएको बताए ।