कारले ठक्कर दिँदा माडीबासका तिलक ठहरै 

३ हप्ता अघि

२0८१ कार्तिक १६ शुक्रबार
कारले ठक्कर दिँदा माडीबासका तिलक ठहरै 


बेलटार, कात्तिक १६

चौदण्डीगढी नगरपालिका ६ सातधारेमा शुक्रबार मध्यान्ह कारले ठक्कर दिँदा मोटरसाईकलमा सवार चौदण्डीगढी नगरपालिका २ माडीबासका तिलक राईको दुःखद निधन भएको छ । उनीसँगै मोटरसाईकलको पछाडि सवार सोही ठाउँका शरण राई गम्भीर घाईते भएका छन् । 


काठमाडौबाट पूर्व झापातर्फ जाँदै गरेको प्रदेश ०१–०२६ च ५०६२ नं. को हुण्डाई कारले बेलटारबाट गाईघाटर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ८८४९ नं. को मोटरसाईकललाई ठक्कर दिँदा राई गम्भीर घाईते भएका थिए । घाईते ४३ वर्षीय  राईको उपचार गर्ने क्रममा नगर अस्पताल बेलटारमा दिउसो १ः०० बजे निधन भएको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए अनुसार दुर्घटनामा मोटरसाईकलको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय शरण राई पनि गम्भीर घाईते छन् । उनलाई नगर अस्पतालमा उपचारपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ । 


घट्नास्थलको शुक्रबारै सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टारमा राखिऐको छ । 


कार र चालक नुवाकोट बेलकोटगढी नगरपालिका ३ का ५६ वर्षीय बासुदेव सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इन्सपेक्टर कार्कीले बताए ।