नेपाली चाड तिहार भित्रियो, आज लक्ष्मी पुजा

३ हप्ता अघि

२0८१ कार्तिक १५ बिहीबार
नेपाली चाड तिहार भित्रियो, आज लक्ष्मी पुजा

उदयपुर, कात्तिक १५

 

नेपाली चाड तिहार (औँसी) भित्रिएको छ । नेपाली समाजमा तिहारलाई विभिन्न पशुपन्छीसहित मान्छेको पुजा गरी मनाउने गरिन्छ ।

 

पहिलो दिन काग तिहार, दोस्रो कुकुर, तेस्रो गाई र चौथो दिन गोरु तिहारपछि पाँचौँ दिन भाइ तिहारको रुपमा मनाउने प्रचलन छ । जस अनुसार आज गाई तिहार हो,  जसलाई लक्ष्मी पुजा पनि भनिन्छ । यस दिन हरेक घरघरमा दिपावली गरी लक्ष्मीको पुजा गरिन्छ । लक्ष्मीलाई धनकी देवीको रुपमा पनि नेपाली समाजले लिदै आएको छ ।

 

गाई तिहारको भोलिपल्ट गोरुको पुजा गर्ने चलन छ । कृषि प्रधान देशमा खेत बारी जोत्ने प्रमुख साधन भएकाले गोरुलाई वर्षमा एक दिन यही अवसरमा माला टीका लगाईदिएर पुजा गर्ने तथा घाँस खोलेजस्ता मिठा खानेकुरा खुवाउने चलन छ । अन्तिमदिन भाइ तिहारमा हरेक महिला दिदीवहिनीले आफ्ना दाजु भाइलाई टीका र माला लगाईदिएर माईतीको पुजा गर्ने प्रचलन छ ।

 

तिहारको अर्को विशेषता देउसी भैलो हो । यो ५ दिनको अवसरमा युवा युवति, बालबालिकासँगै सबै उमेर समूह र लिङ्गका मान्छे समूह समूह बनाएर घरघरमा गई देउसी भैलो खेलेर रमाईलो गर्ने गर्छन् ।

 

देउसी भैलो खेल्नेहरुले तिहारको शुभकामना दिदै घरधनीलाई धनधान्य र सफलताको आशिष दिने तथा घरधनीले देउसी भैलो समूहलाई पैसा, चामल, सेल रोटी, फलफुल र पेय पदार्थजस्ता खानेकुरा दानको रुपमा दिने प्रचलन छ । फरक फरक समुदाय र भूगोल अनुसार तिहारलाई आफ्नै तरिकाले मनाउने प्रचलन भए पनि नेपाली समाजलाई एउटै सुत्रमा बाँध्ने यो एउटा महत्वपूर्ण माध्यमको रुपमा स्थापित हुदै आएको छ ।