१ महिना अघि
२0८१ कार्तिक १0 शनिबारउदयपुर, कात्तिक १०
नेकपा (माओबादी) सरकारबाट हटेपछि जनता सो पार्टीप्रति आकर्षित हुने क्रम बढ्दो छ । यसै क्रममा जुम्लामा निर्वाचित वडाध्यक्षसहित साढे ५ सय माओबादीमा प्रवेश गरेका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर कामीसहित ५ सय ३८ जना माओबादीमा निशर्त प्रवेश गरेका हुन् । स्वतन्त्रबाट उठेर वडाअध्यक्ष जितेका कामीसहित पार्टी प्रवेश गरेको नवागन्तुक टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बीच शनिबार स्वागत गरे ।
कनकासुन्दरी ६ गोरुचौरमा आयोजित कार्यक्रममा कामीसहित वडा सदस्यहरु चनाखी कुलाला र गोल दमाई पनि माओबादीमा आएका छन् । जननिर्वाचित वडाध्यक्ष र सदस्यहरु नै माओबादीमा लागेपछि उनीहरुका कार्यकर्ताहरु सबै प्रवेश गरेको माओवादी जुम्लाका ईन्चार्ज नरेश भण्डारीले बताए ।
पार्टीमा स्वागत गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेद्वारको हैसियतले निर्वाचन जित्ने कुरा सामान्य नभएको भन्दै माओवादीको नीति र योजनाले मात्र स्थानीयतह जनप्रतिनिधिले जनचाहना अनुरुप काम गर्न सक्ने बताए।
कार्यक्रममा नवप्रवेशी वडाध्यक्ष कामीले स्थानीयतह निर्वाचनमा आफूहरुले कुनै पार्टीमा नलागी चुनाव लडेको भए पनि मुलुकको आवश्यकतालाई ध्यानमा राखेर परिवर्तनको संवाहक पार्टी माओवादीमा प्रवेश गरेको बताए । माओवादी केन्द्रको नीति, कार्यक्रम र योजनाबाट मात्रै स्थानीयतहलाई नमूना योग्य बनाउन सकिन्छ भन्ने विश्वासका साथ आफुहरु यो पार्टीमा आएको उनको भनाई थियो ।
पार्टी जुम्ला कमिटीको आयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष, सदस्इहरु र अन्य काँग्रेस, एमाले र राप्रपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको पार्टी सचिव नवीन शर्माले बताएका छन् ।