४ हप्ता अघि
२0८१ कार्तिक ९ शुक्रबारउदयपुर, कात्तिक ९
त्रियुगा नगपालिका ८ राजाबास र त्रियुगा ५ दमौटी भोलि हुने ‘दोस्रो स्वर्गीय कैलाश राई (युवराज) स्मृति फुटबल प्रतियोगिता ०८१’को फाईनलमा आमने सामने हुँदैछन् । त्रियुगा ४ बगाहामा जारी प्रतियोगिताको विहीबारको खेलमा सगरमाथा र दमौटी शिनबार दिउसो ३ः०० बजे हुने फाईनलमा उपाधिका लागि पौँठेजोरी खेल्नेछन् ।
दमौटीले विहीबारको खेलमा त्रियुगा १० बोक्सेको प्mयुजन फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै फाईनलमा पुगेको हो भने बुधबारको खेलमा सगरमाथाले चौदण्डीगढी ७ बेलटारस्थित एकता फुटबल क्लबलाई टाईब्रेकरमा हराएर फाईनल यात्रा तय गरेको हो ।
उदयपुर, सप्तरी, सिराहा र सिन्धुलीका गरी ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले उपाधिसहित नगद ५१ हजार पाउनेछ भने उपविजेताले ३१ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
गतवर्ष बगाहाका लोकप्रिय खेलाडी कैलाशको अल्पायुमै निधन भएको स्मृतिमा स्थानीय बगाहा युवा समूहले त्यसैसालदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ । समूहले अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरको समन्वयमा प्रतियोगिता आयोजना गर्दै आएको वडाध्यक्ष बद्री बस्नेतले बताएका छन् ।