४ हप्ता अघि
२0८१ कार्तिक ८ बिहीबारउदयपुर, कात्तिक ८
सदरमुकाम त्रियुगा नगरपालिकाबाट गएराति २ जना लागूऔषधसहित पक्राउ परेका छन् । उदयपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका ६ स्थित लालपत्ता प्रहरी चौकीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सिराहाको लाहानबाट गाईघाटतर्फ आउँदै गरेको प्र १-०५-००१ ह ०१५३ नम्बरको अटो चालक त्रियुगा नगरपालि।का ३ का ४४ वर्षीय राजेश श्रेष्ठ र यात्रु त्रियुगा ११ का २६ वर्षीय धिरज खड्का पक्राउ परेका हुन् । अटोलमा शंका लागी खानतलासी लिँदा प्रतिबन्धित औषधि फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
चेकजाँचको क्रममा साथमा लुकाई छिपाई राखेको डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी ५६ एम्पुल (थान) बरामद भएको छ । पक्राउ दुवैजना र अटोलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु भएको को छ ।