बसको ठक्करले घाईते युवतिको निधन

१ महिना अघि

२0८१ कार्तिक ६ मंगलवार
बसको ठक्करले घाईते युवतिको निधन

उदयपुर, कात्तिक ६

यात्रुबाहक बसको ठक्करबाट घाईते भएका मोटरसाईकालमा सवार दुईमध्ये एकको ज्यान गएको छ । आईतबार मध्येराति मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ७ चुहाडेमा काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले मोटरसाईकललाई ठक्कर दिदा युवा यवुतिको जोडी गम्भीर घाईते भएकोमा युवतिको उपचारको क्रममा निधन भएको हो । 


संखुवासभाको खाँदबारीबाट काठमाडौँ जाँदै गरेको बागमति प्रदेस ०१–००६ ख ५३५२ नं.को बसले बिपरित दिसाबाट आउँदै गरेको प्रदेस नं. ३–०२–००६ प ७०८६ नं.को मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएकामध्ये पछाडि सवार अङ्शु राईको निधन भएको प्रहरीले जनाएको छ ।  


जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार १८ वर्षीया मृतक अङ्शु लिमचुङबुङ गाउँपालिका ४ बलम्ता स्थायी घर भई त्रियुगा नगरपालिका ५ श्रीपुर बस्दै आएकी थिईन् । विराटनगरको आर्या न्युरो अस्पतालमा उपचारको क्रममा अङ्शुको सोमबार राति ८ः३० बजे निधन भएको मृतकी आफन्त रेनुका राईलाई उद्धृत गर्दै एसपी योगीले बताए । 


मोटरसाईकल चालक रौतामाई गाउँपालिका ७ मुकुचीका २२ वर्षीया जिपछिरिङ शेर्पा पनि सोही अस्पतालमा उपचार भईरहेको र स्थिति सुधारोन्मुख रहेको एसपी योगीले बताएका छन् ।


मृतकको शव पोष्टमार्टम गर्ने प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरिएको छ । मोरङ प्रहरीले सर्जमिन मुचुल्का गरेपछि पादेसिक अस्पताल विराटनगरमा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा दिइने प्रहरी भनाई छ । 


बस चालक काभ्रेपलान्चोक जिल्लाको बनेपा पनौति नगरपालिका ६ का २६ वर्षीय भुवन दाहाल, बस र मोटरसाईकल नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ल ाप्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाले बताए ।