१ महिना अघि
२0८१ कार्तिक २ शुक्रबारगाईघाट, कात्तिक २
अधिक भारवह दुर्घटनाको प्रमुख कारण बन्ने गरेको छ । यस्तै क्षमताभन्दा बढी यात्रु बोकेको एक अटो टेम्पु शुक्रबार साउने जंगलमा दुर्घटनामा पर्दा ७ जना घाईते भएका छन् । घाईतेहरु सबै साउनेकै रहेको ट्रफिक प्रहरी हवल्दार भुवन राईले बताएका छन् ।
त्रियुगा नगरपालिका १४ साउनेदेखि सदरमुकाम गाईघाट आउँदै गरेको स १ ह८८७ नं. को अटो त्रियुगा नगरपालिका ११ सेल्फी डाँडाँमा दुर्घटना हुँदा सबै यात्रु घाईते भएका हुन् । घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटना परेको अटोमा चालकसहित ८ जना रहेको ट्रफिक कार्यालय गााईघाटले जनाएको छ । अटो लडेर क्षतविक्षत भएको छ भने ७ मध्ये केही व्यक्ति गहिरो घाउ चोट लागेर घाईते भएका छन् ।
त्रियुगा १४ की ३३ वर्षीया मञ्जु मगरको टाउको र दुवै हातमा चोट लागेको छ भने सोही ठाउँका १० वर्षीय किस्मन मगरको पनि टाउकोमा चोट लागेको छ । ३८ वर्षीय तारामान मगरको बाँया खुट्टामा गहिरो चोट छ भने साउनेकै नारद मगरकी १० वर्षीया छोरी शिक्षा मगरको अनुहारमा चोट लागेको छ । सोही ठाउँकी २४ वर्षीया रत्न परीयारको कम्मर, बाँया हात र खुट्टामा चोट, लागेको छ । त्यसैगरी साउनेकै ३४ वर्षीया हेमा थापा मगरको निधारमा गहिरो चोट, उनकै छोरा ७ वर्षीय रियाज मगरको पनि अनुहार र बाँया कुुममा चोट लागेर घाईते हुँदा साउनेकै ।
ट्रफिक प्रहरी सहायक निरीक्षक तिलक पौडेलका अनुसार अटो चालक त्रियुगा नगरपालिका १४ कै ३० वर्षीय भोला मगर घट्नालगत्तै फरार रहेका छन् । उनको खोजी भईरहेको छ भने घाईतेहरुको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल पठाइएको असई पौडेलले बताएका छन् ।