खोटाङको रावावेँसीमा भुकम्प

१ महिना अघि

२0८१ आश्विन २९ मंगलवार
खोटाङको रावावेँसीमा भुकम्प

बिन्द्र राई/माझखर्क
असोज २८     

गए रातिलखोटाङको रावाबेशी गाउँपालिका १  कुभिन्डे आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको छ । सोमबार राति १०:५ बजे ४.३ रेक्टर स्केलको भुईचालो गएको खानी तथा भुगर्भ बिभागले जनाएको छ ।


राष्ट्रिय भुकम्प मापन  तथा अनुसन्धान केन्द्रका वरिष्ठ भुकम्पविद भरतप्रसाद कोईरालाले बताए अनुसार क्षति विवरण भने  अहिलेसम्म प्राप्त भएको छैन । यसबनरे गाउँपालिकासँग जानकारी लिनेकाम भईरहेको उनले बताए ।


 रावाबेशी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले भुकम्प गएको तर के कति क्षति भयो भन्ने यकिन नभईसकेको बताए । उनले १ नं. वडाध्यक्षलाई क्षतिको अवस्था बुझ्न लगाएको र आफू पनि अनुगमन गर्न जाने तयारीमा रहेको बताएका छन् ।