१ महिना अघि
२0८१ आश्विन २६ शनिबारकटारी, असोज २६
शुक्रबार विहानदेखि अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु भएको छ् । मिर्चया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका १४ भदौरेमा पहिरो गएपछि अघिल्लो विहानदेखि पूर्णरुपमा अवरुद्ध भएको यातायात २४ घण्टा लामो मर्मतपछि शनिबार दिउसोदेखि सुचारु भएको हो ।
अविरल वर्षापछि वैकल्पिक सडक बन्न पुगेको सो लोकमार्ग अवरुद्ध हुँदा घर आउँदै गरेका पूर्वका सयौँ सवारी साधन बीच बाटैमा अलपत्र परेका थिए । चाडपर्वका बेला बिदा लिएर घर बसिसकेका मजदुरहर रात दिन नभनी खटेर मर्मत गरेपछि सुचारु भएको गाईघाट दिक्तेल सडक योजना प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए ।
सिद्धिचरण्(ा लोकमार्गको उयपुरक्षेत्र कटारी–घुर्मी खण्ड अवरुद्ध हुँदा राजधानी काठमाडौँदेखि उदयपुर र पूर्वतर्फ आउदै गरेका हजारौँ यात्रु अलपत्र परेका थिए । उनीह?को समस्या देखेर दसैँ पनि नभनी रातदिन खटेर सडक सुचा? गराएको सडक हेरालु सुपरभार्यजर कुमार प्याकुरेलले बताए ।
उनका अनुसार आफुसहित ६ जना सुपरभाईजर र २१ हेरालु मजदुरले ३ महिनायता तलबभत्ता दसैँको मुखमा पनि लिन पाएका थिएनन् । तलबभत्ता नपाएपछि दसैँमा पनि भोकभोकै बस्नुपर्ने अवस्था आएकोमा सडक विभागको सम्भार महाशाखासँगको समन्वयमा २ महिनाको तलव दर्सै फुलपातीका दिन पाएको प्याकुरेलले बताए ।