१ महिना अघि
२0८१ आश्विन २२ मंगलवारउदयपुर, असोज २२
मिर्चया–कटारी–घुर्मी–ओखलढुङ्गा सिद्धिचरण लोकमार्गका सडक मजदुर (हेरालु)ले ३ महिनायता तलबभत्ता नपाएपछि दसैँमा भोकै बस्नुपर्ने भएको छ । सो लोकमार्ग अन्तर्गत कटारी–घुर्मी खण्डमा कार्यरत ५ सुपरभाईजर र २१ कामदार गरी २६ जना मजदुर दसैको मुखमा पनि तलब भत्ता नपाउँदा चाडपर्व मनाउनै नपाउने भएका छन् ।
तलव आउला र दसैँ, तिहार मनाउँला भन्ने आसमा बसेका मजदुरहरुलाई मन्त्रालयले बजेट नपठाएकाले दिन नसक्ने जनाएछि उनीहरु बिलखबन्दमा परेका छन् । ‘गएका साउनदेखि तलबभत्ता खान पाइएको छैन, दसैँमा त आउँला भनेको , अफिसमा बुझ्दा नदिने जानकारी दियो’ सडक सुपरभाईजर कुमार प्याकुरेलले भने ‘यसपालिको दसैँ कसरी मनाउने होला ?
उनीहरुको तलव विगत वर्षहरुमा सडक डिभिजन कार्यालय लाहानबाट भुक्तानी हुादै आएको थियो । गएको असारसम्म पनि लाहानले नै भुक्तानी दिएको उनीहरुको तलव यो पटक उताबाट नदिदा समस्या भएको मिर्चया कटारी घुर्मी सडक योजना कार्यालयले जनाएका ेछ । योजना प्रमुख (डिई) पशुपति ज्ञवालीले लाहान सडकले तलव नदिएपछि मजदुरहरु आफुकहाँ माग्न आएको तर, यहाँ उनीहरुलाई दिने तलबको बजेट मन्त्रालयबाटै नआएको बताए ।
उनीहरु तलवभत्ता माग्न आएपछि आफुले असोज १६ गते डिभिजन सडक लाहान, सडक बोर्ड र विभागसम्म जानकारी गराएको ज्ञवालीले बताए । चालु वर्षको बजेटमा उनीहरु कर्मचारी रहेको र तलव दिनुपर्ने बजेट केही योजना कार्यालयलाई जानकारी नभएको पनि डिई ज्ञवालीले बताएका छन् ।
दसैँ तिहारको बेला मजदुरहरु तलवभत्ता खान नपाउनु दुःखको कुरा भएको भन्दै उनले टिप्पणी उठाएर तलबभत्ताको बजेट माग गर्दै मन्त्रालयमा पेश गरेको उनले बताए । केहीदिनभित्र कुनै न कुनै व्यवस्था हुन्छ कि भन्ने अपेक्षा उनले गरेका छन् ।
सडक डिभिजन लाहानका प्रमुख आशुतोष कर्णले उनीहरु गतवर्षसमम् डिभिजनबाटै पारिश्रमिक बुझ्दै आएको तर, अव सो सडक योजनाको रेखदेख गर्ने जिम्मा ‘मिर्चया कटारी घुर्मी सडक योजना’ कटारीमै सञ्चालनमा रहेकाले उतैबाट दिने व्यवस्था हुनु पर्नेमा नभएका कारण यस्तो समस्या आएको बताए । योजना कार्यालय कटारीको फिल्डम काम गर्ने हुनाले त्यहीँबाट तलबभत्ता पाउने अनुमानले बजेट प्लानिङ नभएको हुनसक्ने अनुमान डिई कर्णको छ ।
उनले यो विषयमा सडक विभाग, संभार महाशाखालाई धेरै जानकारी हुने जनाए । संभार महाशाखाले उनीहरु करारका कामदार भएको र कार्यालय पनि हेरफेर भएकाले यस्तो समस्या आएको जनाएको छ । महाशाखा प्रमुख उपमहानिर्देशक अर्जुन अर्यालले डिभिजनबाट योजनातर्फ हेरफेर हुँदा समस्या आएको भन्दै कुनै उपाय गरेर पारिश्रमिक दिलाउने बताए ।
दसैँ तिहार जस्तो महत्वपूर्ण चाडबाडमा तलबभत्ता नपाउँदा उनीहरुमाथि अन्याय हुने भन्दै कुनै बिकल्प निकाल्नका लाििग छलफलल भईरहेको सुई अर्यालले बताएका छन् ।