विराटनगरमा यात्रु सहायता कक्ष सुरु

१ महिना अघि

२0८१ आश्विन १६ बुधबार
विराटनगरमा यात्रु सहायता कक्ष सुरु

उदयपुर, असोज १६

१ नं. प्रदेश राजधानी बिराटनगरस्थित बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ । प्रदेश प्रहरी प्रमुख नायव महानिरीषक (डिआईजी) चन्द्रकुवेर खापुङले उद्घाटन गरेको यात्रु सहायता बुधबारदेखि सञ्चालनमा आएको हो । 


बिराटनगर बसपार्कमा आयोजित एक कार्यक्रमबीच डिआईजी खापुङले सहायताकक्षको उद्घाटन गरेका थिए । चाडपर्वका बेला टाढा नजिक हिड्ने यात्रुलाई सहज र सुरक्षित गन्तव्य पहिल्याउन यात्रु सहायता कक्षको ठूलो सहयोग हुने बताए । प्रहरी जनशक्ति चौविसै घण्टा परिचान भएर शान्ति सुरक्षा प्रदान गर्दै आउने भए पनि चाडपर्वको समयमा बढी आउजाउ गर्ने सर्वसाधारणको सुरक्षाका लागि थप प्रहरी परिचालन गर्न बसपार्कहरुमा यात्रु सहायताकक्ष स्थापना गरिएको खापुङले बताए । 


आम नेपालीको चाडपर्व सुखदायी तथा सुरक्षित बनाउन यातायात व्यवसायी, यातायात मजदुरलगायत सबैसँग प्रहरीले सहकार्य गर्दै अघि बढ्ने बताउँदै डिआईजी खापुङले प्रदेशका  १४ वटै जिल्लाका बसपार्क तथा यात्रुहरुको वढी चाप हुने स्थानमा बिगतमा झँै यो वर्ष पनि यात्रु सहायताकक्ष स्थापना गरिने बताए । 


कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीषक (एसएसपी) जयराज सापकोटा, प्रदेश प्रहरी कार्यालय बिराटनगरका एसएसपी भीमबहादुर दाहललगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, यातायात व्यावसायी, मजदुरका साथै संचारकर्मीहरुको पनि उपस्थिति थियो ।


प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी दाहालका अनुसार १ नं. प्रदेशका १४ जिल्लाको बिभिन्न ३७ ठाउँमा पहिलो दिन यात्रु सहायताकक्ष स्थापना भई सञ्चालनमा आएका छन् । यात्राको क्रममा कसैलाई पनि कुनै प्रकारको असहज, असुरक्षित महसुस भएमा वा कसेको सामान छुटेमा नजिकैको यात्रु सहायताकक्ष वा नजिक र प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।