१ महिना अघि
२0८१ आश्विन १५ मंगलवारबिराटनगर, असोज १५
‘६९ औँ प्रहरी दिवस २०८१’को अवसरमा १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश प्रहरी प्रमुख नायव महानिरीषक –डिआईजी) चन्द्रकुवेर खापुङको अध्यक्षतामा मंगलबार बिराटनगर महानगर ९ स्थित ट्राफिक चोकमा रक्तदान सम्पन्न भएको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीले रक्तदाता प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक एसएसपी अबिनारायण काफ्ले र प्रदेश प्रहरी
कार्यालय बिराटनगरका एसएसपी भीमबहादुर दाहाललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन भएको कार्यक्रम नेपाल प्रहरी र सर्वसाधारण गरी ६८ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा मोरङका प्रमुख जिलला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी जयराज सापकोटा, अन्य प्रहरी अधिकृत तथा प्रहरी
कर्मचारीका साथै सञ्चारकर्मीसमेतको उपस्थिति थियो ।