अविरल वर्षाले प्रदेश १ मा १४ को ज्यान गयो, १३ घाईते, ८ बेपत्ता

१ महिना अघि

२0८१ आश्विन १३ आईतवार
अविरल वर्षाले प्रदेश १ मा १४ को ज्यान गयो, १३ घाईते, ८ बेपत्ता

उदयपुर, असोज १३

४ दिनयताको अविरल वर्षाले प्रदेश १ मा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यसैगरी १३ जना घाईते भएका छन् भने ८ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार पहिरोले पुरिएर र बाढीले बगाएर पाँचधर, सोलुखुम्बु, धनकुटा, इलाम र उदयपुरका गरी ११ महिला र ३ पुरुषको ज्यान गएको हो । 

 

कतिपयको घट्नास्थलमै ज्यान गएको तथा र कतिको उपचार गर्ने क्रममा निधन भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भीमबहादुर दाहालले बताए । उनका अनुसार पहिरोले पाँचधर र सोलुखुम्बुका ५–५ जनाको ज्यान गएको छ भने धनकुटाका २ जनाको पनि पहिरोले नै ज्यान जाँदा इलाम र उदयपुरका १–१ जनाको खोलाले बगाएर निधन भएको छ । पाँचथरको फिदिम नगरपालिका ४ की २४ वर्षीया सपना शेर्पा र ६ वर्षीया डोल्मा शेर्पा, फिदिम १ का ५० वर्षीय गोपी विश्वकर्मा, फिदिम २ की ३८ वर्षीया रञ्जना राई र फिदिम ८ का ८२ वर्षीय पशेम्वा शेर्पाको पहिरोले पुरिएर ज्यान गएको छ । 

 

उता सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका १० की ३३ वर्षीया कविता मगर, सोही वडाकी २४ वर्षीया रुपु मगर, २ नं. वडाकी २३ वर्षीया ल्हामु शेर्पा, ९ नं. वडाकी २९ वर्षीइा रीना तामाङ र ९ नं. वडाकै २३ वर्षीया ल्हामु शेर्पाको पनि पहिरोले पुरिएरै ज्यान गएको छ । 


त्यसैगरी इलामको माई यनगरपालिका ८ का ६८ वर्षीय मैतबहादुर लिम्बु र उदयपुरकी १५ वर्षीया हिसिला तामाङको खोलाले बगाएर ज्यान गएको छ । धनकुटाको पाख्रीबास नगरपालिका ५ की ३२ वर्षीया आशा तामाङ र सोही वडाकी ५० वर्षीया रामकुमारी तामाङको पनि पहिरोमै परेर निधन भएको एसएसपी दाहालले बताए । 
    

पहिरोमै पुरिएर धनकुटाको पाख्रीबास नगरपालिका ५ की २४ वर्षीया मीनमाया तामा, छथरजोरपाटी गाउँपालिकाकी २० वर्षीया सृजना मगर, फिदिम नगरपालिका २ का ६ वर्षीय आरोश तम्वापे र ७ वर्षीया आरवी तुम्वापो, फदिम २ का १४ वर्षीय विपल राई, फिदिम ८ का ३८ वर्षीय टीकाराम विक, सोही वडाका ३१ वर्षीय दीपेन्द्र विक पहिरोले घाईते भएका छन् । त्यसैगरी ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ९ का ४६ वर्षीय पदमबहादुर दमाई, तेरथुमको छथर गाउँपालिका ६ का ५५ वर्षीया ज्ञानकुमारी लिम्बु, संखुवासभाको चैनपुर नगरपालिका ५ का ७१ वर्षीय पूर्णबहादुर लिम्बु पनि र्घाइते भएका छन् । घाईते हुने अन्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ का ६५ वर्षीय दलबहादुर विक, सोही वडाका ९ वर्षीय शिसिर विक, सोलु दुधकण्ड नगपालिका ९ का ६२ वर्षीया याङजी शेर्पा रहेका छन् । 


उनीहरुको विभिन्न स्थानीय अस्पताल, स्वास्थ्यचौकी, जिल्ला अस्पताल र बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको एसएसपी दाहालले बताएका छन् । 


त्यसैगरी बाढी पहिरो र डुबान कटानले फिदिम नगरपालिका १ का ५५ वर्षीय धनकुमार तुम्वापो, सोही वडाका ५१ वषीृय कृष्ण दास, ४१ वर्षीया कमला दास, २१ वर्षीया सरस्वता तुम्वापो बेपत्ता भएका छन् । त्यस्तै पाँचथरको फालेलुङ गाउँपालिका ४ की ३६ वर्षीया कमला राई, झापाको कचनकवल गाउँपालिका १ की १४ वर्षीया नेहारिका राजवंशी, झापाकै कमल गाउँपालिका १ का ३५ वर्षीय टीकाराम चौधरी, मोरङको रतुवामाई नगरपालिका ७ की ७२ वर्षीया डुरोदेवी राजवंशी बेपत्ता रहेको प्रवक्ता एसएसपी दाहालले बताएका छन् ।