लगातार वर्षाले १ को निधन, फोक्सिन्टारको पक्की र धाब्लाङको झोलुङ्गे पुल बाढीले बगायो

१ महिना अघि

२0८१ आश्विन १२ शनिबार
लगातार वर्षाले १ को निधन, फोक्सिन्टारको पक्की र धाब्लाङको झोलुङ्गे पुल बाढीले बगायो

महेश्वर चामलिङ

उदयपुर, असोज १२

 

लगातारको वर्षाले उदयपुरमा एक किशोरीको ज्यान गएको छ भने चारैतिर जनजीवन प्रभावित पारेको छ । निरन्तर वर्षाले स्थानीय ओढारे खोलामा आएको बाढीले रौतामाई गाउँपालिका १ माझखर्ककी हिसिला तामाङलाई बगाएर ज्यान लिएको हो । 

 

अन्दाजी १६ वर्षीया किशोरी हिसिलाको ओडारे खोलाले बगाएर निधन भएको प्रहरीले जनाएको छ । घट्नाबारे स्थानीयले प्रहरीलाई खवर गरेपछि जिल्ला प्रहरीले टोली घट्नास्थल पठाउने तयारी गरिरहेको जनाएको छ । 

 

निरन्तरको वर्षाले उदयपुरमा अन्य थुप्रै क्षति गरेको छ । सुन नदीमा आएको भिषण बाढीले शनिबार दिउँसो मात्र गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपाकिला ३ स्थित फोक्सिन्टारमा निर्मित १९ करोड मूल्यको पक्की पुल बगाएर क्षति गरेको थियो । 

 

सो पुल भत्केसँगै उदयपुर र खोटाङबीचको सोझो यातायात सम्पर्क टुटेको छ । फोक्सिन्टार  पुल ठेक्का लागेको १३ वर्षपछि निर्माण सम्पन्न भएर २ वर्षअघि मात्र सञ्चालनमा आएको थियो । यो पुल भत्केसँगै खोटाङको लाईफलाईन नै टुट्न पुगेको भन्दै तत्काल मर्मत गरेर पुल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । 

 

ऋविरल वर्षावे उदयपुरमा अन्य थुप्रै ठाउँमा क्षति गरेको छ । पहाडी भेगमा धेरै ठाउँ बाढी पहिरोले सडक र घर क्षति गर्नुका साथै समथर भूभागमा डुबान र कटान गरेर क्षति पु¥याएको खवर प्राप्त भएको छ । 

व्र्षाले त्रियुगा नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ र १३ का अधिकांश भूभाग डुबाएको छ । उता कटारी नगरपालिकाका विभिन्न वडाहरुमा पनि उस्तै डुबानको समस्या आईपरेको छ । कटारीका पहाडी भेगका वडाहरुमा पहिरोको समस्या छ भने तराई क्षेत्रका वडाहरुमा कटान र डुबानको समस्या परेको नगरप्रमुख राजेशचन्द्र्र श्रेष्ठले बताए । 

 

मेयर श्रेष्ठ भने काठमाडौँ जाँदै गर्दा खुर्कोटमा अड्किएका छन् । विशेष काम लिएर काठमाडौँ हिडेकोमा अविरल वर्षाले खुर्कोट पुग्दै रोकिनु परेको पोष्ट मेयर श्रेष्ठल फेसबुकमार्फत जानकारी गराएका छन् । 

 

उनले कटारी नगरबासीलाई कुनै समस्या परे उपप्रमुख गीता खड्का या नगरपालिकाका जिम्मेबार पदाधिकारी र कर्मचारीसँग सम्पर्क गरेर सहयोग माग्न पनि आग्रह गरेका छन् ।

 

यसैबीच जिल्ला बिपत व्यवस्थापन समितिको बैठक बसेर समस्यामा परेका जिल्लाबासी नागरिकलाई तत्काल उद्धार र राहत वितरण गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अविरल वर्षाका कारण आईपर्न सक्ने समस्याप्रति सचेत हुँदै जिल्ला विपत व्यवस्थापन समितिको बैठक राखेर आवश्यक निर्णय गरेको जानकारी दिएका छन् । 

 

उ(नले डुबान, कटान र अन्य समस्या भएको भए तत्काल प्रहरी, प्रशासन वा स्थानीयतहमा  जानकारी गराउन आग्रह गरेका छन् । सर्वसाधारणलाई आईपर्ने समस्याबारे जानकारी पाए तत्काल उद्धार गरी राहतका लागि प्रयास गर्ने प्रतिबद्धता पनि सिडिओ घिमिरेले जनाएका छन् ।