उदयपुर आउँदै गरेको बस व्यारेजबाट नदीमा खस्योः २ बेपत्ता

९ घण्टा अघि

२0८१ आश्विन १0 बिहीबार
उदयपुर आउँदै गरेको बस व्यारेजबाट नदीमा खस्योः २ बेपत्ता

उदयपुर, असोज १० 

बिराटनगरदेखि उदयपुर सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको यात्रुबाहक बस नरसिंह ट्राभल्स कोसी व्यारेजबाट नदीमा खस्दा १२ याज्ञु घाईते भएका छन् भने २ जना बेपत्ता छन् । 


दिउँसो ४ः५५ बजे विराटनगरबाट गाईघाटका लागि छुटेको को १ ख ४६०१ नंबरको बस सुनसरी र सप्तरीबीच भिमनहरस्थित कोसी व्यारेजको २६ नं. ढोकानेर दुर्घटनामा परी नदीमा खसेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ । 


केन्द्रका अध्यक्ष ओमभक्त मैनालीका अनुसार व्यारेजको पुल तर्दैगर्दा २६ नं. ढोका आईपुग्दा आफै अनियन्त्रित भई बस नदीमा खसेको हो । बसमा सवार चालकसहित १४ यात्रुमध्ये १२ को उद्धार गरी उपचारार्थ विराटनगर पठाइएको छ भने २ जना हराईरहेको सुनसरी प्रहरीलाई उद्धृत गर्दै अध्यक्ष मैनालीले बताए । 


व्यारेज पुलमा जम्मा ५६ ढोका रहेको र २६ औँ ढोकानेर आईपुग्दा अचानक अनियन्त्रित भई बस नदीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हिमाली केन्द्रका महासचिव उमेश बस्नेतले बताए । उनका अनुसार नदीमा खसे पनि ढोका बन्द भएकाले बसलाई पानीले बगाउन भने नसकेर ठूलो क्षति हुन पाएन । 


‘धन्न पानीको सतह कम भएकाले ढोकाहरु बन्द रहेछन् र सबै यात्रु बग्नबाट बँचे’ महासचिव बस्नेतले भने ‘नत्र बस बगाएर सबै यात्रु कहाँ पु¥याउँथ्यो ।’ पुल बीचबाट बस नदीमा खस्नु अचम्मको घट्ना भएको उनले बताए । दुर्घटनामा घाईतेहरु भने खतरामुक्त रहेको खवर आएको बस्नेतले बताएका छन् ।