मलामी बोकेको बस दुर्घटनामा २७ घाईते

२ दिन अघि

२0८१ आश्विन ८ मंगलवार
मलामी बोकेको बस दुर्घटनामा २७ घाईते

उदयपुर, असोज ८ 

मङ्गलबार दिउँसो भएको मलामी बस दुर्घटनामा परी उदयपुरको बेलका अढाई दर्जन घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ मलामी लिएर फर्कदै गरेको प्रदेश १–०२–००१ ख ८२५३ नं. को न्यू कृष्ण ट्राभल्स यात्रुबाहक बस अनियन्त्रित भई बाटोदेखि अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुदा चालकबाहेक २७ यात्रु घाईते भएका हुन् । 


घट्नालगत्तै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी सहायक निरीषक मौसम उदासको कमाण्डमा खटेको प्रहरी टोलीले घट्नास्थलबाट घाइतेहरूको उद्दार गरी उपचारार्थ बिपी मेमोरियल स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र बेलका नगर अस्पताल रामपुर  ल्याएको प्रहरीले जनाएको छ । 

 

दुर्घटना भएको बसका चालक सुनसरीको वराहक्षेत्र नगरपालिका १ भन्डारीटारका ३५ वर्षीय शम्भु साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । घाईते हुनेमा बेलका ५ तिलबारीका ५० वर्षीया बालकुमारी बिष्ट, सोही वडाको घुम्नेकी ३८ वर्षीइा रबिना बिष्ट, २७ वर्षीया देवी बुढाथोकी, ६३ वर्षीया लिला बिष्ट रहेका छन् । 


त्यसैगरी सोही ठाउँका ५८ वर्षीय कुमार सुवेदी, ४१ वर्षीया प्यारीमाया बिक, वर्ष ६९ का कृष्णबहादुर राना मगर, ५० वर्षीय रुद्र कार्की, वर्ष ३० की मिना कट्वाल, वर्ष २५ की सुनिता तामाङ, वर्ष ३४ की यसोधा ढुङ्गाना वर्ष १९ का कमाल बिक, वर्ष ६५ का बुद्धिराज पाण्डे, वर्ष ६३ का रघुबिर बिक, वर्ष ६१ का वीरबहादुर बिक, वर्ष ३५ का शेरबहादुर बिक र वर्ष ५६ का इन्द्रबहादुर थापा रहेका छन् । सामान्य घाईते रहेका उनीहरु सबैको बेलका नगर अस्पतालमा उपचार भईरहेको छ । 


त्यसैगरी धरानमा उपचार्थ पठाइएका घाइतेहरूमा बेलका ५ कै वर्ष २७ की बिमला बुढाथोकी, सोही ठाउँका वर्ष ५६ का जयकुमार बिक, वर्ष ४८ का युबराज पाण्डे, वर्ष ४५ का अम्बरबहादुर राउत वर्ष ५३ का नेत्रबहादुर कार्की, वर्ष ४२ का डम्बर कट्वाल र वर्ष ४२ का प्रेमकुमार अधिकारी रहेका छन् । त्यसैगरी वर्ष ४० का उमेशकुमार राई, वर्ष ५३ की गोपी राई, वर्ष ३० की मिरा पौडेल, वर्ष ३६ का आर्यमान राउत र वर्ष ६२ का कबिराज खत्री रहेको प्रहरीले जनाएको छ । 


बेलका ५ घुम्नेका ८० वर्ष कटेका बृद्ध लक्ष्मण कटुवाल र भद्रमाया पाण्डेको अघिल्लो दिन मृत्यु भएको थियो । उनीहरुको लास चतारास्थित सप्त नदीमा अन्त्यष्ठी गरेर फर्कदै गरेको बस दुर्घटना भएको हो । 


बृद्धबृद्धाको मृत्यु् अत्याधिक गर्मीले भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । कुनै विरामी नदेखिएका कटुवाल सोमबार दिउसो अत्याधिक गर्मी भयो भन्दै खोलामा नुहाउन भनेर गएकोमा साँझसम्म नफर्केपछि खोज्न जाँदा आफन्तले खोला बगरमा मृत अवस्थामा फेला पारेका थिए । 


त्यसैगरी सकुशल रहेकी बृद्धा पाण्डेको पनि सोमबार साँझ एक्कासी मृत्यु भएको थियो । उनको पनि गर्मीकै कारण ज्यान गएको हुनसक्ने अनुमान गाउँलेले गरेका छन् ।