विव्यसमा माओबादीद्वारा काँग्रेस–एमाले गठबन्धन पराजित

२ दिन अघि

२0८१ आश्विन ८ मंगलवार
विव्यसमा माओबादीद्वारा काँग्रेस–एमाले गठबन्धन पराजित

विराटनगर, असोज ८ 

मोरङको कानेपोखरी १ होक्लाबारीस्थित माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समिति चुनावमा माओवादीसमर्थक प्यानलै विजयी भएको छ । विव्यस निर्वाचनमा नेपाली काँग्रेस र एमालेको गठबन्धनलाई परास्त गर्दै माओवादी एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । 


४ सदस्यका लागि आर्इतबार सम्पन्न निर्वाचनमा ३ वटा प्यानलले प्रतिस्पर्धा गर्दा ३ सय ३ मतदातामध्ये २ सय १३ मत खस्दा माओवादीनिकट उम्मेद्वारहरु १ सय २२ मत ल्याएर विजयी भएका हुन् । निर्वाचन समितिका अनुसार डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्मु निर्वाचित भएका छन् । 


काँग्रेस–एमाले गठबन्धनबाट उठेका उम्मेद्वारहरु काँग्रेसका दुर्गा भण्डारी र इन्दु बस्नेत तथा एमालेका शान्ता लिम्बू र पर्मिला हेम्रङ पराजित भएको निर्वाचन समितिले जनाएको छ । उनीहरू चारै जनालाई ७२ मत मात्र परेको निर्वाचन मण्डलले जनाएको छ । स्वतन्त्र उम्मेद्वारी दिनेलाई ७ मत परेको छ भने १२ मत बदर भएको निर्वाचन मण्डलले जनाएको छ ।