मावि गुरुङचौरीमा ३ दिने निशुल्क आँखा शिविर

१ हप्ता अघि

२0८१ आश्विन २ बुधबार
मावि गुरुङचौरीमा ३ दिने निशुल्क आँखा शिविर

बेलका, असोज १

उदयपुरको बेलका नगरपालिका ४ स्थित सामुदायिक विद्यालय  जनता नमुना मावि गुरुङचौरीमा नि:शूल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालयको आयोजना र नब दृष्टि आई हस्पिटल प्रालि इटहरी सुनसरीको प्राबिधिक सहयोगमा सञ्चालित शिविर ३ दिन भलेको हो । 

 

भदौ ३० गते विद्यालयको हलमा सुरु शिविर असोज २ गतेसम्म चलेको प्रधानाध्यापक सम्मर राईले बताए। प्रअ सम्मर राईका अनुसार शिविरमा विद्यालयका १ हजार ४ सय ८६ जना विद्यार्थीले आँखा जाँच गराएका छन् ।

 

त्यसैगरी करिब १ सय ६० भन्दा बढी अभिभावक, सर्वसाधारण र शिक्षक/शिक्षिका पनि लाभान्वित भएका छन् । निशुल्क सञ्चालन गरिएको  शिविरमा दृष्टि आई सेन्टरका  प्राविधिक चिकित्सकहरु परिचालन भएका थिए ।

 

बालबालिकाको आँखा स्वास्थ बचाउने उदेश्यले शिविर आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले बताए । आँखा अत्यन्तै संबेदनसिल अंग भएकाले नि:शुल्का शिविरको आयोजना मार्फत बालबालिकालाई सहभागी गराइएको अध्यक्ष  तामाङले बताए ।

 

बुधवार शिविर समापन कार्यक्रमको औपचारिक आयोजना गरि सहयोगी संस्था नब दृष्टि आई हस्पिटलको प्राविधिक टोलीलाई विद्लयले धन्यवाद ज्ञापन गर्दै खादा ओढाएर सम्मान पत्रसहित  अध्यक्ष तामाङ र  प्रअ राईले विदाई गरे ।