चाडवाडलक्षित शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरीको विशेष सुरक्षा योजना

१ हप्ता अघि

२0८१ आश्विन १ मंगलवार
चाडवाडलक्षित शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरीको विशेष सुरक्षा योजना

उदयपुर, असोज १ 

नेपाल प्रहरीको प्रदेश कार्यालयले चाडबाड लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्ने भएको छ । मंगलबार १ नं. प्रदेशभरीका मातहत युनिट प्रमुखहरुको भच्र्युअल बैठकमा प्रदेश प्रहरीप्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले जजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै चाडपर्व बिशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिएका हुन् । 


कुनै पनि आपराधका घटनाहरू हुन नदिने गरी प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन डिआईजी खापुङले मातहत युनिटहरुलाई निर्देशन दिएका हुन् । बैठकमा जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रमुखहरुलाई नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यले आआफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण गरी लागू गर्न निर्देशन दिए । समाजमा शान्तिसुरक्षा व्यवस्था मिलाउन तथा चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, जुवातास, कालोबजारी नियन्त्रण, खुल्ला सीमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषध प्रयोग तथा ओसार पसार, अतिसवाजी र पटकाजन्य पदार्थको आयात नियन्त्रण गर्न निर्देशन दिएका छन् । 


चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरी सवारी दुर्घटना हुन नदिने गरी ट्राफिक व्यवस्थापन मिलाउन पनि उनले निर्देशन दिएका छन् । डिआईजी खापुङले प्रहरीले आमनागरिकहरुलाई प्रदान गर्दै आएको प्रहरी सेवा थप प्रभावकारी बनाउदै सचेतना मुलक कार्यक्रमलाई निरन्तररुपमा सञ्चालन गर्ने तथा पेण्डिङ मुद्दाको फलोअप, फरार अपराधीको खोजि कार्यलाई तिव्रता दिदै शुन्य सहनशिलताका साथ बिभागीय नीति निर्देशनलाई अक्षरस पालना गर्न पनि निर्देशन दिएका छन् ।


निर्देशन सम्वोधन कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका एसएसपी अबिनारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय बिराटनगरका एसएसपी भीमबहादुर दाहाल तथा वरिष्ट प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।