कन्दङवासहित १ हजार नेता कार्यकर्ता माओबादीमा प्रवेश 

१ हप्ता अघि

२0८१ भाद्र ३0 आईतवार
कन्दङवासहित १ हजार नेता कार्यकर्ता माओबादीमा प्रवेश 

झापा, भदौ ३० 

झापाका पुराना र इमानदार कम्युनिष्ट नेता लोकबन्धु कन्दङ्वासहित १ हजार बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न कार्यकर्ता राजनीतिक प्रशिक्षणमा कन्दङ्वालगायत सयौँ नेता कार्यकर्ता माओबादीमा प्रवेश गरेका हुन् । 


पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई खादा, माला र अविर लगाएर स्वगत गरेका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य रहेका कन्दङ्वा २ वर्षअघि राजीनामा दिएर स्वतन्त्र बामपंथी बुद्धिजीवीको रुपमा सकृय थिए । 


उनीसँगै विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा मोहन योगी, सीता रणपँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल, विवेक, राजु लिम्बु, सेखर लामिछाने, विजय लामा, पवन राजवंशी, महेश कार्की रहेका छन् । त्यस्तै, मन्नी देव, मनोज गेलाल, पर्वत लामा, शान्ता लिम्बु, शिबु राजवंशी, कला ढकाल, रीता ढकाल, सत्र रिजाल, मदन भण्डारी पनि माओबादीमा पसेका छन् । 


अन्य प्रवेश गर्नेहरुमा कुमार भट्टराई, खगेन्द्र कट्टेल, देव कट्टेल, पुण्ड्यप्रसाद खनाल, अनिता गिरी, राखेक दर्नाल, अभिशेष कालिकोटे, टीका अधिकारी, पुजा महत, सुस्मा सुवेदी, रामबहादुर चेम्जोङ, गंगाप्रसाद आचार्य, सरस्वती बस्नेत, सन्तोष प्रसाई, प्रेम्बा दोर्जे तामाङ, सुसिला भुजेल रहेका छन् । त्यसैगरी भविबन्द्र लिम्बु, सञ्जिव आम्दाम्बे, रुपादेवी सिवाकोटी, सुक्ला राजवंशी, अनिल राई, शंकर थापा, सुवास सुवेदी, पदम भण्डारी, चन्द्रप्रसाद नेपाल, विशाल राजवंशी, नेहा राजवंशी, स्नेहा राई, रामबहादुर कार्की, पदम सम्भाहाम्फे, सीता लिम्बु, मणि खनाल, विनोद ढकाल, सीता श्रेष्ठलगायत पनि माओबादीमा पसेका छन् । 


पार्टी प्रवेश गर्नेमा अधिकतर एमालेका जिल्ला तथा नगरस्तरीय नेता कार्यकर्ता ३ सय बढीको संख्यामा रहेका छन् । त्यसैगरी जसपाको विद्यार्थी संगठनका ६४ जना लाई माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)म स्वागत गरिएको छ । 


माओबादीमा प्रवेश गर्दै कन्दङ्वाले जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र मात्र भएको भन्दै यसको भविष्य उज्वल रहेको बताए । उनले आज मुलुक संघीय गणतन्त्रात्मकु व्यवस्थामा आउनुमा  माओवादीको मुख्य हात रहेको भन्दै माओवादीसित प्रसस्त परिर्वतन, विकास र समृद्धिको एजेन्डा रहेकाले त्यसको कार्यान्वयन गरेर माओवादीलाई सर्वश्रेष्ठ शक्ति बनाउन सकिने बताए ।