चौधरी ‘राष्ट्रिय बडीविल्डर’ भए

१ हप्ता अघि

२0८१ भाद्र ३0 आईतवार
चौधरी ‘राष्ट्रिय बडीविल्डर’ भए

उदयपुर, भदो ३०

उदयपुरका दिलिप चौधरीले राष्ट्रियस्तरको बडीविल्डरको उपाधि पाएका छन् । काठमाडौँमा भदौ २८ र २९ गते सम्पन्न ‘प्रथम पुरुष मास्टर बडीविल्डिङ प्रतियोगिता ०८१’मा सहभागी भएका चौधरी दोस्रो स्थान लिन सफल भएका हुन् । 


त्रियुगा नगरपालिका १२ सुम्निमा चोकका स्थायी बासिन्दा चौधरी काठमाडौँ बडीविल्डिङ एण्ड फिटनेस एसोसिएसन (केबिबिएफए)‘ले आयोजना गरेको राष्ट्रिय बडीविल्डिङ प्रतियोगितामा ६५ किलोग्राम तौल समूहबाट दोस्रो भएका हुन् । चौधरी विगत डेढ दशकयता शारीरिक सुसंगठन क्षेत्रमा लाग्दै आएका छन् । 


चौधरी यसअघि प्रथम र दोस्रो उदयपुर शारीरिक सुसंगठन प्रतियोगिता, प्रथम सगरमाथा शारीरिक सुसंगठन हँुदै पूर्वाञ्चल क्षेत्रस्तरीय प्रतियोगितामा पनि सहभागी भईसकेका छन् । गतवर्ष धरानमा आयोजित १ नं. प्रदेशस्तरीय प्रतियोगिता विजेता बनेका चौधरीको राष्ट्रिय प्रतिस्पर्धामा भने यो पहिलो सहभागिता हो । 


पिसजोन एकेडेमीमा आईटी प्रमुखमा कार्यरत चौधरीले पहिलो सहभागितामै राष्ट्रियस्तरको प्रतियोगिता जितेर जिल्लाबासीको इज्जत र प्रतिष्ठा उचो बनाएको भन्दै गृह जिल्लामा उनको प्रशंसा भईरहेको छ । गतवर्ष प्रदेशस्तरीय प्रतियोगिता जितेपछि त्रियुगा नगरपालिकाले उनलाई सम्मान गरेको थियो ।