कटारी अस्पताल फेरि उत्कृष्र्ट 

१ हप्ता अघि

२0८१ भाद्र २९ शनिबार
कटारी अस्पताल फेरि उत्कृष्र्ट 

कटारी, भदौ २९

कटारी अस्पताल यसवर्ष पनि उत्कृष्ट भएको छ । गतवर्ष स्थानीयतह अन्तर्गतका अस्पतालमध्ये देशभरमा उत्कृष्ट भएको कटारी अस्पताल यसवर्ष (आर्थिक वर्ष ०८०÷८१) पनि उत्कृष्ट हुन सफल  भएको हो । 


गतवर्ष देशभरका ३३ वटा स्थानीय अस्पतालमध्ये कटारीले उत्कृष्टको पुरस्कार पाएको थियो । यसवर्ष पनि उत्कृष्ट स्थान कायम राख्न सफल भएर प्रगति गरेको अप्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गौरव साहले बताए । उनका अनुसार नेपाल सरकार स्वास्थ्य सेवा विभागको न्यूनतम सर्त तथा मापदण्डमा उत्कृष्ट हुन सफल भएको हो । 


डा. साहका अनुसार स्वास्थ्य सेवा विभागको अनुगमन टोलीले सरकारले निर्धारण गरेको सूचकहरुको मापन गर्दा सबै पूरा गरेको पाएपछि अस्पताललाई उत्कृष्ट स्थान दिएको हो । सरकारले तोकेका १ सय पूर्णाङ्क भारमा ८३ अङ्क प्राप्त गरेको मेसु साहले बताए । 


गतवर्ष पनि १ सयमा ८३ अङ्क प्राप्त गरेको प्रदेश सरकार स्वास्थ्य निर्देशानलय धनकुटाका रविकुमार साहलाई उद्धृत गर्दै डा. साहले भने ‘अघिल्लो वर्ष प्राप्त  अङ्क यसवर्ष पनि लिदै उत्कृष्ट स्थान कायम राख्न सफल भयो ।’ 


हरेक ६ महिनामा प्रदेश स्वास्थ निर्देशनालयले न्यूनतम सेवा मापदण्ड लेखाजोखा गर्ने गरेको र सरकारको ‘न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम’लाई निर्देशनालयले कार्यान्वयन गर्दा अस्पतालले प्रगति गरेको देखिएको छ । 


कटारी अस्पताल १५ शैय्याबाट भर्खरै स्तरोन्नति गर्दै ५० शैय्याको बनाइएको छ । चालु वर्षदेखि अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्दै प्रदेश सरकार मातहत लाने निर्णय तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले गरेको हो । गत वैशाख २४ गतेको मन्त्रीपरिषद बैठकबाट १५ वेडको अस्पत्ताललाई स्तरोन्नतिसहित ५० बेडको बनाउँदै प्रदेशस्तरीय बनाउने निर्णय गरेको हो । 


गउको असारसम्म नगरपालिका मातहत रहेको अस्पताल साउनदेखि प्रदेश सरकारको अधिकारक्षेत्रभित्र गईसकेको स्वीकृतिपत्र आईसकेको तर, बजेट भने आउन बाँकी रहेको मेसु डा. साहले बताए । स्थानीय सरकारको राम्रो सहयोगले गर्दा पनि अस्पतालको स्तरोन्नति भएको उनले बताए । 


क्टारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले नगरपालिका मातहत ल्याएर सुधार गर्दै अस्पताललाई उत्कृष्ट बनाउन सफल भएको बताए । एकताका ‘रिफर सेन्टर’ भईसकेको अस्पताललाई नगरपालिकाले मेहनेत गर्दै लगातार २ वर्ष उत्कृष्ट हुन सफल पारेको श्रेष्ठले बताए ।