माधव नेपाल उदयपुरमा

१ हप्ता अघि

२0८१ भाद्र २८ शुक्रबार
माधव नेपाल उदयपुरमा

गाईघाट, भदौ २८

नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उदयपुर आएका छन् । सदरमुकाम गाईघाटमा हुन लागेको पार्टीको सन्देशसभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल उदयपुर आएका हुन् । 


पार्टी जिल्ला कमिटी उदयपुरले शुक्रबार सदरमुकाम गाइृघाटमा सन्देशसभाको आयोजना गरेको छ । जसमा  अध्यक्ष नेपाललगायत नेताहरु सम्बोधन गर्न बोलाइएको हो । पार्टी पोलिटव्युरो सदस्य तथा १ नं. प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीका अनुसार पछिल्लो राजनीतिक घट्नाक्रम, देशको वर्तमान अवस्था, पार्टीको सांगठनिक स्थिति र देशी विदेशी राजनीतिक विषयमा अधयक्ष नेपालले संबोधन गर्नेछन् । 


दिउँसो लोकतान्त्रिक चोकमा हुने सन्देशसभामा सहभागी हुनुअघि अध्यक्ष नेपाल पार्टी नेता कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सन्देशसभापछि एसको १ नं. प्रदेशस्तरीय केन्द्रीय सदस्यहरुको भेला शनिबारदेखि उदयपुरमा गर्ने कार्यक्रम रहेको छ । 


जिल्ला कमिटी सचिव पशुपति चोधरीका अनुसार त्रियुगा नगरपालिका १३ बहेडवास्थित थारु होमस्टेमा हुने भेलालाई पनि अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष नेपालको स्वागतमा एकीकृत समाजबादीले हसिया हथौडा र पार्टी झण्डाले गाईघाट बजारलाई दुलही झैँ सिँगारेको छ ।