‘दोस्रो सलेश कप फुटबल असोज १ देखि 

२ हप्ता अघि

२0८१ भाद्र २७ बिहीबार
‘दोस्रो सलेश कप फुटबल असोज १ देखि 

कटारी, भदौ २७

उदयपुरको कटारीमा हुँदै आएको सलेश कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो सँसकरण आउँदो असोज १ गतेदेखि हुने भएको छ । स्थानीय सलेश युवा क्लबले बिहीबार पत्रकार सम्मेलन गरी ‘दोस्रो सलेश कप २०८१ खुल्ला नकाउट फुटबल प्रतियोगिता ०८१’ असोज ९ गतेदेखि गर्न लागेको जनाउको हो ।
 

प्रतियोगितास्थल कटारी नगरपालिका ५ भोलेस्थित भोर्ले खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार खेल असोज १ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । आयोजक क्लबका अध्यक्ष देवन थापाका अनुसार स्थानीय पशुपति गिरीको स्मृतिमा गतवर्षदेखि सुरु भएको प्रतियोगिताको यो दोस्रो सँस्करण हो ।


सलेश कप फुटबल क्बलको आयोजनामा गिरी परिवारले प्रतियोगिताको प्रायोजन गर्दै आएको थापाले बताए । दसैँ तिहारको अवसर पारेर स्वर्गी गिरीको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिता विजेतालाई नगद ७१ हजारसहित ट्रफि र प्रमाणापत्र प्रदान गरिनेछ । त्यस्तै उपविजेताले नगद ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लवका उपाध्यक्ष वसन्त भट्टराईले बताए । 


प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कष्ट गोल रक्षक र उदीयमान खेलाडी तथा हरेक दिन म्यान अफ द म्याचको उपाधि घोषणा गरेर पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । क्लवका सचिव सुमन श्रेष्ठका अनुसार प्रतियोगितामा उदयपुर र छिमेकी जिल्ला सिन्धुलीका गरी १६ खेल समूहले प्रतिस्पर्धा गर्नेछन् ।


जसमा उदयपुरका घरेलु टिम सलेश युवा क्लव, कटारी च्याँगा फुटबल क्लव, साकार फुटबल क्लव कटारी र कटारीमै रहेको नेपाली सेनाको बेतसोत क्याम्पको सहभागिता रहनेछ । त्यस्तै सिन्धुलीका मित्रता युवा क्लव, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, नमूना जन उत्थान क्लव सिन्धुली र डाईमण्ड फुटबल क्लव सिन्धुलीको प्रतिस्र्धा हुनेछ । 


त्यसैगरी उदयपुरकै आदर्श युवा क्लव, मुनाल फुटबल क्लव, त्रिवेणी स्पोर्टस क्लव खोक्सा, बिबिसी उदयपुर, जहडी फुटबल क्लव कटारी र खैरेनी फुटबल क्लव कटारी सहभागी हुनेछन । त्यसैगरी सिन्धुलीका जुनेली युवा क्लव, दुधौली स्पोर्टस क्लबको पनि सहभागिता हुने आयोजक क्बलले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न गिरी परिवारबाहेक अन्य संघसंस्थाहरुसँग पनि सहयोग लिइने जानकारी गराइएको पत्रकार सम्मेलनमा खेल तालिका (टाईसिट) पनि सार्वजनिक गरिएको थियो ।