माओबादी मधेश परामर्श बैठक: पार्टी सुधार गर्न दबाव

२ हप्ता अघि

२0८१ भाद्र २५ मंगलवार
माओबादी मधेश  परामर्श बैठक: पार्टी सुधार गर्न दबाव

महोत्तरी, भदौ २५

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा जारी छ । बैठकको पहिलो दिन सहभागीहरुले सुझाव दिने क्रममा ४६ जनाले कुरा राखेका छन् ।


प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ४६ जना नेताले सुझाव दिएको मधेश प्रदेश पार्टीले जनाएको छ । सुझाव दिने नेताहरुले पार्टीलाई थप सुदृढ र एकताबद्व गरेर लैजानुपर्नेमा जोड दिदै संगठन सुदृढीकरण र जनपरिचालनका ठोस कार्यक्रम तय गर्न सुझाएका छन् ।


भोलि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेपछि बैठक सकिने जनाइएको छ ।


यसैबीच अध्यक्ष प्रचण्डले बुधबार विहान रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादवको स्मृतिमा आयोजना हुने श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेक तय भएको छ ।

 

 

वडाध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सीमानामा मृत अबि्थामा शव फेला परेको थियो ।


 घरपरिवार र राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धान गर्न माग गर्दै आएका छन् ।