माओबादी प्रदेस परामर्श बैठक उदयपुरमा सुरु

२ हप्ता अघि

२0८१ भाद्र २३ आईतवार
माओबादी प्रदेस परामर्श बैठक उदयपुरमा सुरु

कोठु, भदौ २३

नेकपा (माओबादी केन्द्र)को १ नं. प्रदेश परामर्श बैठक उदयपुरमा आईतबारदेखि सुरु भएको छ । जिल्लाको बेलका नगरपालिका ८ कोठु चतरास्थित बेलका रिभर बिचमा कैठक सुरु भएको हो ।

 

दुई दिनसम्म चल्ने कैठकमा प्रदेशभित्र कार्यरत केन्द्रीय सदस्यहरुसँगै प्रदेश पदाधिकारीको सहभागिता रहने प्रदेश कमिटी अध्यक्ष हर्ककहादुर नेम्वाङ (मिक्सो)ले कताए ।  अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ तथा उपमहासचिवहरु जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल पनि बैठकमा सहभागी हुन आएका छन् । अर्का प्रभावशाली उपमहासचिव वर्षमान पुन भने बैठकमा नआएको प्रदेश अध्यक्ष  मिक्सोले बताएका छन् ।

 

काँग्रेस र एमाले गठबन्धन सरकार बनेसँगै सत्ता बाहिर आईपुगेको माओबादीले पार्टी संगठन सुधारतर्फ जोड दिन थालेको छ ।  सो क्रममा पधाधिमारी भैठक, स्केथायी समिति र न्द्रीय समिति सकेर ७ वटै प्रदेशस्तरीय परामर्श बैठक गर्दै आएको छ । बागमति प्रदेशबाट सुरु बैठक, लुम्विनी, कर्णाली, सुदुरपश्चिम, गण्डकी सकेर १ नं. प्रदेशमा सुरु गरेको हो । अव मधेशको परामर्श बैठक राख्ने केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल)ले बताए ।

 

एकीकृत समाजकादीका नेता माओबादी प्रवेश

यसैबीच माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी)का प्रदेश कमिटी सदस्यसहित दर्जन काँग्रेस र एमाले कार्यकर्ता  माओकादीमा प्रवेश गरेका छन् ।

 

पार्टी १ नं प्रदेश सदस्य शैलेन्द्र खतिवडा माओादीमा प्रवेश गरेका हुन् । खतिवडा एस पार्टी निकट नेपाल जनसाँस्कृतिक मञ्चका केन्द्रीय सचिव तथा पार्टी साँस्कृतिक विभाग सदस्यसाेत हुन् । त्यसैगरी नेपाली काँग्रेस कटारीका कृयासिल सदस्यहरु सन्तहादुर सुनुवार, राजु दनुवार रामभहादुर सुनुवार र  एमालेमा केदार मगर माओबादीमा प्रवेश गरेको पार्टी प्रदेश कमिटीले जनाएको छ । 

 

नव प्रवेशीहरुलाई पार्टी अध्क्ष प्रचण्ड, उपाध्यक्ष  सापकोटा र महासचिव गुरुङले खादा र माला लगाएर स्वागत गरेका थिए ।