अखिल क्रान्तिकारी उदयपुरको अध्यक्षमा कार्की

३ हप्ता अघि

२0८१ भाद्र २0 बिहीबार
अखिल क्रान्तिकारी उदयपुरको अध्यक्षमा कार्की

उदयपुर, भदौ २०

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) उदयपुरको अध्यक्षमा सरोज कार्की चयन भएका छन् । नेकपा (माओबादी केन्द्र) निकट अखिल क्रान्तिकारीको बिहीबार सम्पन्न १० औँ जिल्ला अधिवेशनले कार्की नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । 


सदरमुकाम गाईघाटस्थित होटल टाउनहलको सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सुश्मा गोसाई र सागर धमलालाई चयन गरेको छ । त्यस्तै सचिवमा सुमन खड्का, ३ जना सहसचिव सञ्जिव राउत, नवराज बुढाथोकी र निरज सेन चयन हुँदा कोषाध्यक्ष प्रमिला अधिकारी छानिएकी छिन् । 


शोभा मगर, शरद आले, प्रेम तामाङ, सुजन दाहाल, सञ्जुकला राई, रमेश खड्का, गायत्री थापा, अर्बिन विश्वकर्मा, रुजन खत्री, सेजोन राई, उत्सव खतिवडा, सलोस मग्राती, उदयनन्द पौडेल, सन्धया कार्की, नवीन मगर सदस्य छानिएका छन् । त्यसैगरी दिपक परियार, खेमराज कार्की, सञ्जय गिरी, प्रतिक्षा मगर, भीम कार्की, युकेश बस्नेत, मनिष श्रेष्ठ, देवराज खड्का, बिपना पौडेल, बिनिसा कार्की र सिसम राई पनि सदस्य चयन भएको अखिल क्रान्तिकारी पूर्व जिल्ला संयोजक सीताराम राउतले बताए । 


अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी र प्रदेश कमिटी प्रमुख सचिव भरत घिमिरेको उपस्थितिमा सम्पन्न अधिवेशन उद्घाटनमा पार्टी केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल), प्रदेश कमिटी सदस्य द्रोण पौडेल (निरज), जिल्ला समन्वय कमिटी सचिव किरण राई, त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा स्ववियु कोषाध्यक्ष डोमा राई, जिल्ला कमिटी उपसंयोजक रञ्जना मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।