अस्पताललाई कर्मचारी युनियनको फर्निचर सहयोग

३ हप्ता अघि

२0८१ भाद्र २0 बिहीबार
अस्पताललाई कर्मचारी युनियनको फर्निचर सहयोग

उदयपुर, भदौ २०

नेपाल निजामति कर्मचारी युनियन उदयपुरले जिल्ला अस्पताल उदयपुरलाई फर्निचर सहयोग गरेको छ । युनियन स्थापना दिवसको अवसरमा अस्पताललाई १० थान फलामे कुर्सी सहयोग प्रदान गरेको हो । 


अस्पताल आएका विरामीका कुरुवालाई सहज होस् भन्ने उदेश्यले कुर्सी सहयोग गरेको युनियन उदयपुरकी अध्यक्ष भगवति खतिवडाले बताईन् । थापना दिवस मनाउने क्रममा नयाँ र सिर्जनसिल गतिबिधि गर्न यो कार्य गरेको उनले बताईन् । खतिवडाका अनुसार विगत वर्षहरुमा पनि अस्पताललाई फलामे वेन्च उपलब्ध गराएको थियो । 


दिवसको अवसर पारेर बिहीबार युनियनकर्मीहरुसँगै अस्पताल पुगेका त्रियुगा नगरप्रमुख बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र युनियन प्रदेश समिति अध्यक्ष मानबहादुर वनसहितको टोलीले अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डन्ट) डा. ज्ञानेन्द्र झालाई कुर्सी हस्तान्तरण गरेको हो ।