अनेमसंघ क्रान्तिकारीको भव्य तिज कार्यक्रम

३ हप्ता अघि

२0८१ भाद्र १५ शनिबार
अनेमसंघ क्रान्तिकारीको भव्य तिज कार्यक्रम

उदयपुर, भदौ १५

महिलाहरुको महान् चाड हरितालिका तिज यहाँ धुमधामसँग मनाउन थालिएको छ । यस क्रममा नेकपा (माओबादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले गाईघाटमा बृहत भेलासहित तिज मनाएको छ । 

 

शनिबार गाईघाटस्थ्ति होटल टाउनहलमा आयोजित तिज कार्यक्रम सर्वपक्षीय बृहत उपस्थितिमा भेटघाट र शुभकामना आदानप्रदान गर्दै मनाइएको हो । अनेमसंघ क्रान्तिकारी  त्रियुगा नगरपालिका १२ नं. वडा कमिटीको स्थानीय आयोजनामा सम्पन्न तिज विशेष कार्यक्रममा जिल्लाभरीका महिलाहरुको सहभागिता थियो । 

 

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद तथा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य सम्झना पाख्रिन (योद्धा)ले नेपाली महिलाहरुको साझा चाड हरितालिका तिजलाई रचनात्मक र सृजनसिल तरिकाले मनाउन आग्रह गरिन् । उनले दिनदिनै तिज भडकिलो र मौलिक सँस्कार सँस्कृतिभन्दा विमुख हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै नेतृ पाख्रिनले नेपालको साझा सम्पत्तिहरु विभिन्न चाडपर्व, सँस्कार, सँस्कृति, रितिरिवाजको संरक्षण गर्न युवा पुस्तामा हस्तान्तरण हुनुपर्नेमा जोड दिईन् । 

 

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य द्रोण पौडेल (निरज), अर्का प्रदश कमिटी सदस्य तथा त्रियुगा नगर इञ्चार्ज बिमल किराती, नगर कमिटी अध्यक्ष मानबहादुर राई, जिल्ला समन्वय समिति सदस्य गोमा ढुंगानालगायत नेताहरुले नेपाली मौलिक परम्परागत चाडपर्वहरु देशको अमूल्य निधी रहेको भन्दै त्यसको संरक्षण र संबद्र्धन गर्नु सबैको साझा दायित्व रहेको बताए । ने्पाल विविध जातजाति, भाषाभाषी, धर्म, संप्रदाय र सँस्कार सँस्कृतिको साझा फुलबारी भएको भन्दै नेताहरुले नेपाली चाडपर्वले एउटा जाति वा समुदायलाई अर्कोसँग बाँध्ने अन्तरसम्बन्ध राख्नुपर्नेमा जोड दिए । 

 

तिज कार्यक्रममा जिल्लाका विभिन्न स्थानीयतहमा कृयासिल पार्टी, पार्टी निकट विभिन्न ज नवर्गीय संगठनमा आबद्ध केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीयतहस्तरीय कमिटीमा आबद्ध महिला पुरुष नेतृहरुको बाक्लो सहभागिता थियो । शुभकामना आदानप्रदानपश्चात सामुहिक दर खाएर नाचगान गर्दै तिज कार्यक्रम समापन गरिएको थियो ।