पोखरीमा डुबेर ७ वर्षीय बालक ज्यान गयो

४ हप्ता अघि

२0८१ भाद्र ११ मंगलवार
पोखरीमा डुबेर ७ वर्षीय बालक ज्यान गयो

उदयपुर, भदौ ११


गाईघाटस्थित पूर्व–पश्चिम बरुवा बसपार्कस्थित पोखरीमा पौडी खेल्न गएका ७ वर्षीय बालकको डुबेर ज्यान गएको छ । 


मंगलबार विहान दुई साथीहरुसँगै पौडी खेल्ने क्रममा डुबेर त्रियुगा ११ पिजीचोक गाईघाटका रिचेश राईको निधन भएको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कछेउको पोखरीमा पौडी खेल्न गएका तीनैजना डुबेकोमा साथीहरु निस्के पनि उनी भने निस्कन नसक्दा ज्यान गएको हो । 


स्थानीय नीजि विद्यालयमा कक्षा १ मा पढ्ने मृतक पिजीचोकका रबिन राईका छोरा भएको प्रहरीले जनाएको छ । घट्नास्थलको सर्जमिन मुचुल्का गरी शव जिल्ला अस्पताल उदयपुरमा पोष्टर्माटमका लागि पठाइएको छ भने घट्नाबारे अनुसन्धान भईरहेको प्रहरी भनाई छ ।