एकाघरका दुई बालकको दलहमा डुबेर निधन

१ महिना अघि

२0८१ भाद्र ९ आईतवार
एकाघरका दुई बालकको दलहमा डुबेर निधन

उदयपुर, भदौ ९

खोटाङको ऐसेलुखर्क गाउँपालिका १ का २ बालकको पौडी खेल्ने क्रममा दहमा डुबेर निधन भएको छ । राखावाङ्देलस्थित चङ्कु खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर  ११ वर्षीय अर्जुन राई र ९ वर्षीय राज राईको शुक्रबार निधन भएको हो । 


जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार विद्यालयबाट घर फर्कदै गर्दा गर्मी छल्न भन्दै दहमा पौडी खेल्न पस्दा डुबेर निधन भएको हो । अर्जुन र राज एकाघरका दाजुभाइ टङ्कराम राई र भोजकुमारका छोरा भएको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताएका छन् । 

 

इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट गएको टोलीले घटनास्थलको सर्जमिन मुचुल्का गरी शनिबार दुवैको शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाएको छ । पोष्टमार्टमपछि शव आफन्तको जिम्मा दिने गरी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे अनुसन्धान भईरहेको छ ।


एकाघरका दाजभाइकै छोराहरुको निधनले घर परिवार शोकमग्न भएको छ । स्थानीय जनहित आधारभूत विद्यालयमा अर्जुन कक्षा ५ का विद्यार्थी हुन् भने राज ४ कक्षामा पढ्दै गरेको बताइएको छ । एउटै घट्नामा दुई छात्रको निधनले विद्यालय परिवार पनि मर्माहत भएको छ ।