हरिश्चन्द्र स्मृति फुटबलः बालमन्दिरद्वारा शौगात पराजित

१ महिना अघि

२0८१ भाद्र ७ शुक्रबार
हरिश्चन्द्र स्मृति फुटबलः बालमन्दिरद्वारा शौगात पराजित

‘कटारी, भदौ ७

कटारीमा सुरु ‘प्रथम हरिचन्द्र साह स्मृति कप फुटबल प्रतियोगिता ०८१’मा त्रियुगा नगरपालिका १० बोक्सेस्थित बालमन्दिर मावि विजयी भएको छ । शुक्रबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा बोक्सेले शौगात एकेडेमी कटारीलाई २ का विरुद्ध ३ गोल गर्दै विजयी यात्रा सुरु गरेको हो । 


कटारी टाईगर क्लवको आयोजनामा सुरु प्रतियोगितामा जितका लागि बालमन्दिरका खेलाडी लक्की राईले २ गोल गर्दा छिरिङ शेर्पाले १ गोल थप्दै टिमलाई विजयी बनाएका हुन् । सौगात एकेडेमीका लागि गोकर्ण अधिकारी र विराज घिमिरेले १÷१ गोल गरे । उद्घाटन खेलको म्यान अफ म्याच वालमन्दिरकै लक्की राई घोषित भए । 


कटारीका स्वर्गीय हरिचन्द्र साहको स्मृतिमा सुरु प्रतियोगिता जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्की र साह पत्नि सुनिता साहले संयुक्त रुपमा गरेका थिए । विद्यालयस्तरीय प्रतियोगितामा उदयपुरका कटारी, त्रियुगा, उदयपुरगढी र सिन्धुलीको दुधौलीका कक्षा १० पढ्ने विभिन्न १४ विद्यालय सहभागी हुने आयोजक क्लबका अध्यक्ष दिपक राईले बताए । 


अध्यक्ष राईका अनुसार विजयी टिमले नगद ३० हजारसँगै ट्रफी, प्रमाणपत्र र मेडल पुरस्कार पाउने छ भने उपविजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष राईले बताएका छन् । 


भदौ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर दैनिक म्यान अफ द म्याच घोषणा गरी पुरस्कृत गरिने तथा विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता घोषणा गरी मेडल तथा प्रमाणपत्र पुरस्कार दिइने छ । स्थानीय टाईगर फुटबल खेलमैदान कटारीमा आयोजित उदघाटन कार्यक्रममा कटारी नगरका विभिन्न वडाका वडाध्यक्षहरु, सुरक्षाकर्मी तथा खेलप्रेमीहरुको सहभागिता रहेको क्लबका प्रशिक्षक रोहन जोशीले बताए ।