लागुऔषधसहित २ युवा पक्राउ

१ महिना अघि

२0८१ भाद्र ६ बिहीबार
लागुऔषधसहित २ युवा पक्राउ

उदयपुर, भदौ ६

प्रहरीले लागुऔषधसहित उदयपुरका २ युवालाई नियन्त्रणमा लिएको छ । बुधबार साँझ त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीले सवारी चेकजाँचको क्रममा मोटरसाईकल चालक त्रियुगा नगरपालिका ८ का २६ बर्षीय दिनेश कटुवाल र पछाडि सवार २७ बर्षीय सन्देश कार्कीर्लाइ पक्राउ गरेको हो । 


उदयपुर र सप्तरीको सीमानाका लालपत्ता हुँदै लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स ५ प ८०९९ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उनीहरुको साथबाट नियन्त्रित औषधि ३० एम्पुल तथा ६८ थान ट्याब्लेट र कोरेक्स १ बोतल बरामद भएको प्रहरीले जनाएको छ । 


उनीहरु दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी एसएसपी भीम दाहालले बताएका छन् ।