ट्याक्टर दुर्घटनामा चालकको निधन

१ महिना अघि

२0८१ भाद्र ५ बुधबार
ट्याक्टर दुर्घटनामा चालकको निधन

उदयपुर, भदौ ५

बुधबार उदयपुरमा भएको ट्याक्टर दुर्घटनामा चालकको निधन भएको छ । २ जना र्घाइते भएका छन् । को २ त ६३४९ नं. को ट्याक्टर चोदण्डीगढी नगरपालिका ३ हात्तीसारमा दुर्घटना हँुदा उमेर र ठेगाना नखुलेका चालक तिलक राईको निधन भएको हो । 


सुनसरीको इटहरीबाट सामान बोकेर बेलका नगरपालिका २ भागलपुरतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा पर्दा चालक राईको घट्नास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुृरका सूचना अधिकारी डिएसपी राजन चापागाईले बताए ।  


ट्याक्टरमा सवार २ र्घाइतेहरु २२ वर्षीय सञ्जय ऋषिदेव र २२ वर्षकै प्रल्हाद ऋषिदेवको उद्धार गरी उपचारार्थ चौदण्डीगढी नगर अस्पताल बेलटारमा भर्ना गरिएको छ । उनीहरुको स्थिति सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । 


डिएसपी चापागाईले बताए अनुसार फलामे टयुव बोकेको ट्याक्टर ओरालो सडकमा आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 


प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टमार्टम गर्न अस्पताल पठाएको छ । घट्नाबारे थप अनुसन्धान कार्य सुरु गरेको प्रहरीले जनाएको छ ।