विङ्गर दुर्घटनामा एकको मृत्यु, १९ घाईते

१ महिना अघि

२0८१ भाद्र २ आईतवार
विङ्गर दुर्घटनामा एकको मृत्यु, १९ घाईते

बिन्द्र राई

उदयपुर,भदौ २

आईतबार गाईघाट–कदमाहा सडकखण्डमा भएको दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । १९ यात्रु घाईते भएका छन् ।


सदरमुकाम गाईघाटदेखि सिरहाको लहानतर्फ जाँदै गरेको ना १ ज ९२७९ नम्वरको विईङ्गर जिप दिउसो १ः३० बजे त्रियुगा नगरपालिका ६ चुरे डाँडा ओरालोमा दुर्घटना हुँदा त्रियुगा नगरपालिका ३ मोतिगडाकी ४९ वर्षीया गीता कार्की राउतको निधन भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राजन चापागाईका अनुसार  ब्रओरालोमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटनामा परेको जिप सडकदेखि ३० मिटर तल खसेको छ । दुर्घटनामा परी कार्कीको घट्नास्थ्लमै निधन भएको तथा अन्य घाईते सबैलाई उद्धार गरी उदयपुर जिल्ला अस्पताल गाईघाट ल्याइएको छ । 


 घाईतहरुमध्ये ८ जनाको उपचार भईरहेको तथा २ जना विराटनगर रिफर भएका छन् । ५ जना भने निको भएर डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ । चालक सप्तरीको सुरुङ्गा नगरपालिका २ का दिवस विक पनि एउटा हात भाँचिएर घाईते भएको प्रहरीले जनाएको छ ।