उपत्यकामा वाभोछाहरु संगठित

१ महिना अघि

२0८१ भाद्र २ आईतवार
उपत्यकामा वाभोछाहरु संगठित

उदयपुर, भदौ २

काठमाडौँ उपत्यकामा रहेका वाभोछा चामलिङ राईहरु एकतृत भएका छन् । शनिबार सम्पन्न भेलाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समेटिएको उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वाभोछा समुदायको समिति गठन भएको हो । 

 

सामाजिक अगुवा गोविन्द राईको अध्यक्षतामा भएको भेलाले दिवाकर राईको संयोजकत्वमा ७ सदस्यीय ‘वाभोछा उपत्यका एकता मञ्च तदर्थ समिति’को गठन गरेको हो । जसका उपाध्यक्षमा उत्तम राई, सचिव देव राई, कोषाध्यक्ष आशिष राई छन् भने सदस्यमा ज्ञानेन्द्र राई, अरुणा राई र जयन्द्र राई चयन भएका छन् । गोविन्द राईलाई भेलालो वरिष्ट सल्लाहकारमा चयन गरेको छ । 

 

नवगठित तदर्थ समितिले उपत्यकाभित्र अस्थायी तथा स्थायी बसोबास गर्दै आएका वाभोछा समुदायको तथ्यांक संकलन गर्ने, सबैखाले अप्ठेरोमा सरसहयोग गर्ने, संस्थाको हितका निम्ति तत्कालीन, अल्पकालीन र दीर्घकालीन प्रभाव पार्ने विभिन्न योजनाहरु निर्माण गर्दै अघि बढ्ने निर्णय गरेको उपाध्यक्ष उत्तम राईले बताए । 

 

उनका अनुसार समितिले निकट भविष्यमै मुलकभर छरिएर रहेका वाभोछा समुदायको पहिचान गरी उपत्यकामा राष्ट्रिय भेला गर्ने निधो पनि गरेको छ । भेलापछि समयानुकुल अवस्थामा राष्ट्रिय अधिवेशन गर्ने प्रारम्भिक खाका पनि समितिले बनाएको छ । 
 

भेलामा वाभोछा अगुवा तथा पत्रकार भोटराज राईले सुनसरीको धरानमा वाभोछा केन्द्रीय समिति गठन भईसकेको बताउँदै त्यसलाई कानुनी आधिकारिक्ता दिन दर्ता प्रक्रिया चलिरहेको बताए । दर्ता भएपछि देशका जुनसुकै ठाउँमा वाभोछा समिति गठन गरे पनि त्यसकै मातहत रहेर अघि बढ्न सहज हुने उनको भनाई थियो ।