प्रथम श्रीपुर वडास्तरीय फुटबल घरेलु टिमले जित्यो 

१ महिना अघि

२0८१ श्रावण ३१ बिहीबार
प्रथम श्रीपुर वडास्तरीय फुटबल घरेलु टिमले जित्यो 

चन्द्र राई
श्रीपुर, साउन ३१

 

त्रियुगा नगरपालिका ५ श्रीपुरमा आयोजित ‘प्रथम श्रीपुर अन्तरवडास्तरीय फुटबल प्रतियोगिता घरेलु टिमले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक श्रीपुर फुलबल क्लब श्रीपुर (ए) विजयी भएको हो । 

 

फाइनलमा श्रीपुर (ए)ले श्रीपुर (सी) लाई टाईब्रेकरका आधारमा पराजित गरेको हो । निर्धारित ९० मिनटको खेल दुवैतर्फबाट गोलरहित टुंगिएपछि नतिजा निकाल्न टाईब्रेकरमा खेलाउनु परेको आयोजक श्रीपुर फुटबल क्लबका अध्यक्ष विष्णु भुजेलले बताए । उनका अनुसार टाईब्रेकरमा ५–४ को गोल अन्तरले टिम (ए) विजयी भएको हो । 

 

स्थानीय मावि श्रीपुरको खेलमैदानमा सम्पन्न प्रतियोगिताको बुधबार साँझै समापन कार्यक्रम आयोजना गरी प्रमुख अतिथि सरस्वति सामुदायिक वन उपभोक्ता समूह देउरीका अध्यक्ष दिपक बान्तवाले विजेतालाई नगद पुरस्कार र ट्रफि प्रदान गरे । उपविजेता श्रीपुर टिम (सी)लाई स्थानीय दर्पण क्रेजी स्पोर्टस् क्लब श्रीपुृरका अध्यक्ष दिपक किराती राईले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । 

 

प्रतियोगिताका मुख्य प्रायोजक सरस्वति सामुदायिक वन देउरी, सहयोगी विभिन्न संघसंस्था तथा मिडिया पार्टनर माझखर्क अनलाईलाई आयोजक क्लबका अध्यक्ष भुजेल, सचिव चन्द्र राई तथा श्रीपुर मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधारमण खतिवडाले मायाको चिनो प्रदान गरेका थिए ।